fbpx

सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानि गर्नुपर्छः अध्यक्ष रवि सिंह

author

समाचारपाटी

१ महिना अगाडि

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानिको व्यवस्था गर्न माग गर्नुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मंसिरपछि ९० प्रतिशत भन्दा बढी निर्माण व्यवसायीहरु धराशायी हुने बताउनु भयो । उहाँले सरकारले त्यो अगाडि नै राष्ट्र बैंकसँग समन्वय गरेर समस्या समाधान गर्न माग गर्नुभयो । उहाँले म्याद थप गरेर मात्रै निर्माण व्यवसायीहरुका समस्या समाधान नहुने भन्दै मुलुकको अर्थतन्त्र सहज र चलायमान बनाउनका लागि सरकारले पहल गर्नुपर्ने बताउनु भयो । मुलुकको निर्माण क्षेत्र, उद्योगलाई चलायमान गर्ने काम सरकारबाट हुन नसकेको आरोप लगाउनु भयो । उहाँले किस्ता नतिरेका कारण बैंकबाट थप कारोबार गर्न नपाएकाले एलसीहरु सहज खोलिदिन माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘निर्माण क्षेत्रमा जुन सकस छ, धराशायी हुने काम भइरहेको छ । हिजोको दिनमा मौद्रिक नीति ल्याउँदै गर्दा राष्ट्र बैंकले के कति कारणले निर्माण क्षेत्र समस्याग्रस्त छ, यसलाई सम्बोधन गर्न हामीले माग गरेका थियौँ, असोजसम्म ब्याज तिर्ने समय र किस्ता तिर्ने समय प्रदान गर्नुपर्यो भनेर माग गर्दैगर्दा राष्ट्र बैंकले सरकारसँग समन्वय गरेर उहाँहरुले थप दुई महिना मंसिरसम्मको समय दिनुभयो । त्यसपछि उहाँहरुको दायित्व के हो ? त्यो म्याद थप गरेर मात्रै हामीलाई सहज हुन्छ र ? मुलुककको अर्थतन्त्र सहज हुन्छ र ? हामीले राष्ट्र बैंकले दिएको त्यो सुविधाबाट बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो ब्यालेन्ससिटलाई सहज बनाउने काम त भएको छ तर मुलुकको अर्थतन्त्र चलायमान गर्ने काम, मुलुकको निर्माण क्षेत्र, उद्योगलाई चलायमान गर्ने काम पटक्कै पनि भएको छैन । मैले अर्थमन्त्रीलाई निर्माण व्यवसायीहरुलाई मंसिरसम्म ऋण तिर्ने भाकामात्रै सारिदिनुभयो तर त्यसले हामी निर्माण क्षेत्रलाई अघि बढाउन सकेनौँ भनेको छु । किस्ता नतिरेका कारण हामीले थप कारोबार गर्न पाएनौँ । हामीले सहज कारोबार गर्न त एलसीहरु सहज रुपमा खोलिनु पर्दथ्यो । मंसिरपछि निर्माण क्षेत्रलाई धराशायी गर्न खोजेको हो ? मंसिरपछि ९० प्रतिशत भन्दा बढी निर्माण व्यवसायीहरु डिफल्ट हुन्छन् । यसको निराकरण समय थप गरेर होइन, मुलुकको अर्थतन्त्र चलायमान गर्न, अर्थ मन्त्रालय, राष्ट्र बैंक, सरकारले समन्वय गरेर हामी निर्माण कम्पनीलाई भुक्तानिको व्यवस्था गर्नुपर्छ । साढे ६ खर्बका श्रोत बिनाका योजनालाई पुनः प्राथमीकिकरण गरेर हाम्रो सुझावअनुसार एक खर्बभित्रमा ति योजनाहरु समायोजन नगरेसम्म नेपालमा विकास निर्माणको काम चलायमान हुँदैन ।’


उहाँले साढे ६ खर्बका श्रोत बिनाका योजनालाई पुनः प्राथमीकिकरण गरेर र एक खर्बभित्रमा उक्त योजनाहरु समायोजन नगरेसम्म नेपालमा विकास निर्माणको काम चलायमान हुन नसक्ने जिकिर गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन