fbpx

भौतिक मन्त्रालयअन्तर्गतको रकम भुक्तानी हुँदैमा निर्माण क्षेत्रले गति लिन सक्दैनः अध्यक्ष रवि सिंह

author

समाचारपाटी

२ महिना अगाडि

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी मंसिरभित्रै दिन सरकारसँग आग्रह गर्नुभएको छ ।

१७ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमवार काठमाडौंमा प्रभातफेरी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैंंकहरुले निर्माण व्यवसायीहरुलाई ब्याज तिर्न मंसिरसम्मको समय दिएको उल्लेख गर्दै मंसिरभित्रै सरकारले निर्माण व्यवसायीहरुको बाँकी भुक्तानी दिन नसके निर्माण व्यवसायीहरु पलायन हुने बताउनु भयो । उहाँले निर्माण क्षेत्रका समस्याबारे प्रधानमन्त्री र मन्त्रीहरुलाई जानकारी गराइरहेको भन्दै छिटो भन्दा छिटो सरकारले नर्माण क्षेत्रलई चलायमान बनाउने कदमहरु अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले निर्माण क्षेत्रमा भएका समस्याहरु पहिचान गर्न आग्रह गर्नुभयो । सार्वजनिक खरिद नियमावलीको संशोधनबाट म्याद थप भएका योजनाहरु सम्पन्न गर्ननै बाधक बनिरहेको उल्लेख गर्नुभयो । सरकारसँग निर्माण व्यवसायीहरुले लिनुपर्ने भुक्तानीको आँकडा पेश गर्दा सरकारले सरकारले कम आँकडा पेश गरेको दाबी गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘अहिले निर्माण क्षेत्र सकसमा पर्नुको विषयमा प्रधानमन्त्रीज्यु, मन्त्रीज्युहरुलाई ध्यानाकर्षण गराइरहेका छौँ । अब चाँडो भन्दा चाँडो सरकारले निर्माण क्षेत्रलई चलायमान बनाउने कदमहरु अघि बढाउनुपर्छ । सरकार र निर्माण व्यवसायीहरु विशेष गरी हाम्रो अभिभावक मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसमा अभिभावकत्व ग्रहण गर्नुपर्छ । निर्माण क्षेत्रमा भएका समस्याहरु पहिचान गरेर अहिले पटक पटक भएका समस्याहरु सार्वजनिक खरिद नियमावलीको संशोधनबाट उब्जिएको समस्याहरु जुन आइरहेका छन्, म्याद थप भएका योजनाहरु सम्पन्न हुन सकेका छैनन्, त्यो सम्पन्न गर्न लागि नै १३ औं योजनामा भएको बुँदाहरु नै बाधक भइरहेको छ । त्यसलाई चाँडो भन्दा चाँडो समाधान खोज्नुपर्छ । सरकारसँग हामीले यति भुक्तानी लिनु छ भन्दै गर्दा सरकारले भुक्तानीको विषयमा कमको आँकडा पेश गर्नु भन्दा पनि हामीले निर्माण क्षेत्रलाई कसरी चलायमान गर्ने र निर्माण क्षेत्रमा भएको समस्या कसरी समाधान गर्ने भन्नेमा दुवै पक्षले सकारात्मक रुपमा पहल गर्नुपर्छ । बैंकसँग हाम्रो मंसिरपछि के हुन्छ, हामी डिफल्टर हुन गइरहेका छौँ । अधिकांश निर्माण कम्पनीहरु डिफल्टर हुँदैछ । मंसिर भन्दाअघि नै सरकारले भुक्तानीको व्यवस्थापन गर्ने व्यवस्था गरोस् ।’


अध्यक्ष सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका केही रकम भुक्तानी हुँदैमा निर्माण क्षेत्रले गति लिन नसक्ने उल्लेख गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ १३, २०८१

११.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक