नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३७ औँ स्थापना दिवसमा रक्तदान, ४२ युनिट रगत संकलन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३७ औँ स्थापना दिवस आइतवार रक्तदान कार्यक्रम गरी मनाइएको छ । संघले बाषिर्कोत्सवको उपलक्षमा रक्तदान कार्यक्रमका साथै मानव सेवा आश्रमलाई नगद सहयोग समेत गरेको छ ।

संघको ३७ औँ वार्षिक उत्सव मनाइरहदा मानवताका नाताले बजारमा देखिएको रगतको कमी पुरा गर्न आफूहरुले रक्तदान कार्यक्रम गरेको प्रमुख अथिति तथा नेपाल निर्माण व्यवसायी माहासङ्घका उपाध्यक्ष खिमप्रकाश मल्लले बताउनुभयाे । त्यस्तै नेपाल निर्माण व्यवसायी सङ्घ गण्डकीका अध्यक्ष टंकराज बरालले संघ सदैव समाज सेवामा रहेकोे बताउँदै स्थापना दिवसको अवसरमा रक्तदान गरेर जीवन बचाउँने जस्तो कार्य गर्न पाउँदा सन्तुष्टि समेत मिलेको बताउनुभयाे ।

कार्यक्रम्मा विशेष अतिथी शिवशंकर गौचन, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य श्री सुरेश श्रेष्ठ संघका सल्लाहाकार एवं महासंघ पूर्व उपाध्यक्ष श्री राजेन्द्र पहारी, सल्लाहाकार मुक्ति प्रसाद तिमिल्सीना, सल्लाहाकार श्री चिरञ्जिवी पोखेल, सल्लाकार, बासुदेव गौचन लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रममा ४२ युनिट रगत सङ्कलन भएको संघका सदस्य ई दिपक सुवेदीले जानकारी दिनुभयाे । संघका सदस्य तथा व्यवसायी मित्रमणी तिमिल्सीनाले ज्येष्ठ रक्तदाताका रुपमा रक्तदान गरि रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे । यससँगै तिमिल्सीनाले ३७ औँ पटक रक्तदान गर्नुभएकाे हाे । यस्तै ज्येष्ठ सदस्य झपिन्द्रराज रेग्मीले ५१ ओँ पटक रक्तदान गर्नुभयाे । संघका कास्की जिल्ला अध्यक्ष गुरुङले समेत रक्तदान गर्नुभयाे । यससँगै अध्यक्ष गुरुङले १७ औँ पटक रक्तदान गर्नुभएकाे छ । रक्तदान गरेका रक्तदाहरुलाई प्रशंसा पत्र संघका संस्थापक तथा सल्लाहाकारबाट बितरण गरिएको थियो । ५१ ओँ पटक रक्तदान गर्ने निर्माण व्यवसायी झपिन्द्रराज रेग्मीलाई प्रमुख अतिथीबाट खादा माला लगाई सम्मान गरिएको थियो ।

स्थापना दिवसका अवसरमा संघले पोखरा–७ टुरिष्टबसपार्कमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संघले गत वर्षदेखि नै पोखरा–७ टुरिष्टबसपार्कमा रहेको आफ्नो कार्यलयको शौचालय सर्वसाधारणका लागि खुला गरेको छ । पोखरा महानगरले ल्याएको अवधारणामा सहयोग गर्ने उद्धेश्यका साथ संघले शौचालय सर्वसाधारणका लागि खुला गरेको जनाएको छ । आफ्नो कार्यलय टुरिष्ट बसपार्क नजिकै भएको कारण मानिसहरुलाई शौचका लागि समस्या नजिकबाट नियालेको भन्दै सोही समस्या आउन नदिनका लागि पनि शौचालय प्रयोगमा ल्याइएको अध्यक्ष गुरुङले बताउनुभयाे ।

स्थापना दिवसका अवसरमा संघले वर्षेनी सेवामुलक कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रम्मा शुभनामना मन्तव्य सघका बरिष्ठ उपाध्यक्ष श्री सुवर्ण श्रेष्ठ । संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङ्गको अध्यक्षता भएको कार्यक्रमको संञ्चालन संघका सचिव श्री ई. शिरश कुमार बास्तोलाले गर्नुभएकाे थियाे ।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७७°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन