fbpx

‘आज यो सारा माओवादीले बिगार्यो, भत्कायो, अपराधीहरु, लुटेराहरु, भाषणैपिच्छे’:-नेत्रविक्रम चन्द

author

समाचारपाटी

१ year अगाडि

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री एवं नेकपा –माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गर्नुभएको छ ।

आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीबिरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताउनु भयो । उहाँले मुद्दा दर्ता भइसक्दा समेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उहाँको पार्टी कता गयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिनुभयो । उहाँले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गर्नुभयो । उहाँले माओवादीलाई अपराधी बनाए इतिहास दोहर्याउने चेतावनी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिङ्ग जस्तो, उदास जस्तो, जसले गर्व गरेर यो देशमा हास्नुपर्ने हो त्यो उदास जस्तो, निराश जस्तो, जो मानिसहरुले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्न्पर्ने जस्तो के हो यो देशमा ? जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो, त्यो अपराधी जस्तो, मलाई शहीदका छोराहरुले पनि भन्नुभयो, हामी अपराधी हो ? राज्यले के गरिरहेको छ । सम्मानित हुनुपर्ने मान्छे अपराधी जस्तो, कठघरामा उभ्याउनुपर्ने मान्छेले हालीमुहाली चलाउने जस्तो, इतिहास यसरी उल्टियो । आज यो सारा माओवादीले बिगार्यो, भत्कायो, अपराधीहरु, लुटेराहरु, भाषणैपिच्छे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । को हो हत्यारा नेपालमा ? २ सर्य वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पती थुपार्ने सामन्तहरु अपराधी हुन् । हामी अपराधी होइनौँ जुन अपराधी बनाइ व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन । यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन । माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोहर्याउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने २०६० सालको माओवाली व्युँताउन सकिन्छ । हिजो प्रचण्ड कमरेडलाई मुद्दा दायर गर्दा कोही बोलेन । मैले त बोले नि । तर उहाँको पार्टी कता गयो । मान्छे छैनन् कि के हो ? मान्छेको त नशामा अलिकति रगत त बग्नुपर्छ नि । यो सुनसानजस्तो देखिन्छ । अर्को मान्छे फाँइफुट्टि लाउँदैछ ।’

महासचिव चन्दले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्नेकुरा सह्य नहुने बताउनु भयो । 


काठमाडौं

शुक्रबार, बैशाख ७, २०८१

२३.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक