नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।

प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयाे। उहाँले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताउनुभयाे।

क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, बिगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो । बिहीबारको घटनापछि जहाज निलम्बनमा छु, प्रवक्ता निरौलाले भन्नुभयाे । प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताउनुभयाे। आजका लागि १४ उडान निर्धारण गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन् । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उहाँले बताउनुभयाे। व्यवस्थापक मानन्धरले भन्नुभयाे, ‘क्यानको निर्णयबारे हामीलाई आज बिहान साढे सात बजेमात्र जानकारी भयो, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो ।’

बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ जहाज छन् । तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

उपनिर्वाचनका लागि रास्वपाकाले गर्‍यो उम्मेदवार सार्वजनिक

‘संघीय निजामती सेवा ऐन चालु संसद अधिवेशनबाटै पारित गर्छु’

सरकारले तोकेका पर्यटकीय गन्तव्यमा पथप्रदर्शक बिना घुम्न जान नपाइने...

नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्ने प्रधानमन्त्रीको दावी

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

शनिबार, चैत्र १८, २०७९

१३.२७°

-
Clouds