‘हवाई उडानको लागि विमानस्थल मात्रै भएर हुँदैन, पर्याप्त मात्रामा जहाज हुनुपर्छ ‘:-प्रदीप अधिकारी

author

समाचारपाटी

१ year अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सरकारले निजी कम्पनीलाई जहाज खरिदमा सहुलियत दिन आवश्यक रहेको बताउनुभएको छ । 


बिहीवार वायुसेवा सञ्चालक संघ नेपालको २३ औं वार्षिकोत्सव समारोहमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरु अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण भएपनि जहाजको कमी रहेको उल्लेख गर्नुभयो । उहाँले जहाज कम हुँदा बनाएका विमानस्थलहरु पनि घाँसे मैदानको रुपमा परिणत भएको दाबी गर्नुभयो । महानिर्देशक अधिकारीले हवाई उडानको लागि पूर्वाधार बनाउने भन्दा पनि पर्याप्त जहाज आवश्यक रहेको बताउनु भयो । उहाँले बजेटमार्फत जहाज खरिदमा सरकारले लगाएको भ्याटको कारण तत्काल जहाज थप गर्ने वातावरण समेत नभएको भन्दै जहाज खरिदमा सहुलियत आवश्यक रहेको औंल्याउनु भयो । महानिर्देशन अधिकारीले सरकारले निजी क्षेत्रलाई जहाज खरिदमा सहुलियत दिएन आवश्यक देखिएको बताउनु भयो । उहाँले प्राधिकरणले पछिल्लो समय मुलुकभित्रका आन्तरिक उडानलाई थप सुरक्षित बनाउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले हवाई कम्पनीहरुले विमानस्थलमा आवश्यक सेवा सुविधा माग गरे प्राधिकरणले तत्काल गर्न सक्षम रहेको बताउनु भयो । उहाँले हवाई कम्पनीहरुले दुईवटा भन्दा बढी माग केही नगरेको भन्दै क्रेटिभ भएर सेवा सुविधा हवाई कम्पनीले माग गर्नु आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘हवाई उडानको लागि विमानस्थल मात्रै भएर हुँदैन । पर्याप्त मात्रामा जहाज हुनुपर्छ । निजी क्षेत्रले स्टलका जहाजहरु कठिनाई देखिएको छ । सरकारले बजेटमा भ्याट लगायो । यसलाई सहज बनाउनुपर्ने आवाज सधै उठाएको छु । हवाई इन्धनमा पनि ३० रुपैयाँ कम गर्न सफल भएका छौं । स्टोललाई कसरी बचाउने भन्ने विषयमा लागिरहेका छौं । सरकारले भ्याट राख्नुभएन । जहाजहरु खरिद गरेर ल्याउन सहुलियत दिनुपर्छ । बिस्तारै सकिँदै गएको छ । त्यहाँ पनि प्राधिकरणले सहजिकरण गरिरहेको छ । नेपाल भित्रका हवाई रुटहरुलाई थप सुरक्षित बनाउन लागि रहेका छौं । जोमसोम रुटमा आविस्कार केन्द्रसँग मिलेर सिसि क्यामाराले अभर गरेको अवस्था छ । लुक्ला रुट कभर छ । सिसिकोट रुट काम भइरहेको छ । प्राधिकरणले हवाई कम्पनीहरुलाई विमानस्थहरुमा के सुविधा चाहियो आएर भन्नुपर्यो । प्राधिरकण गर्न सक्षम छ । तराईका विमास्थलमाहरुमा इलेक्टोनिक इलेक्टिसिटीको चार्जिङ बनाउन माग गर्नुभएको काम प्राधिकरण गरिदिएका छौं । म त के भन्छु भने कम्पनीहरुलाई के चाहिन्छ । प्राधिकरणलाई थाहा हुनुप¥यो । प्राधिकरण के चाहिन्छ भन्दा अहिलेसम्म दुई वटा कुरा मात्रै माग भएको छ । प्राधिकरण हवाई कम्पनीहरुसँग सेवा शुल्क मात्रै पनि लिएका छैनौं । प्राधिकरणले गर्नुपर्ने के हो हामी गरिदिन्छौं ।’

महानिर्देशक अधिकारीले प्राधिकरण हवाई कम्पनीहरुसँग सेवा शुल्क लिने मात्रै भन्दा पनि कम्पनीहरुले माग गरेका सेवा सुविधा दिन सक्षम रहेको बताउनु भयो । अहिले मुलुकभर रहेका ५५ विमानस्थलमध्ये ३४ वटा सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये पनि दुई दर्जन विमानस्थलमा नियमित उडान हुने गरेको छैन ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

२१.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने