fbpx

काँग्रेस सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक प्रदीप अधिकारीको असहमति

author

समाचारपाटी

१0 महिना अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काँग्रेस सांसद उदय समशेर राणाले इयुको रिपोर्टका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै काँग्रेस सांसद राणाले युरोपियन युनियनको रिपोर्टका विषयमा अधिकारीले झुटो बोलेको अरोप लगाएपछि महानिर्देशक अधिकारले आरोपमाथि असहमति प्रकट गर्नुभएको हो । महानिर्देशक अधिकारीले युरोपियन युनियनले पठाएको सेफ्टरिपोर्ट आफूले हुबहु पढेको भन्दै झुटो बोलेको आरोपप्रति आफ्नो भद्र असहमति रहेको बताउनु भयो । उहाँले युरोपियन युनियनले नेपाल वायुसेवा निगममै फोकस भएर अडिट गरी निगमको कमजोरी रिपोर्टमा स्पष्ट रुपमा औंल्याएको दाबी गर्नुभयो । उहाँले आफूले कानूनले तोकेको जिम्मेवारीअनुसार काम गर्दै आएको भन्दै कानून ठिक छैन भनेर आफूले कसरी भन्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचिबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको वाइडबडी जहाज नै युरोप जाने भन्दै अन्य कुनैपनि एयरलाइन्स नजाने बताउनु भयो । उहाँले नेपाल एयरलाइन्सको जहाज नै युरोप जाने भएको कारणले नेपाल एयरलान्समा नै केन्द्रित भएको बताउनु भयो । यता, इयुले हिमालय एयरलाइन्सको पनि फाइल हेरेको र ठिक रहेको भन्दै अडिट गर्न भने नगएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘युरोपियन युनियनले आफूलाई पठाएको पत्र र इर्युको रिपोर्ट नोभेम्वर ३० मा प्राप्त भएपछि समितिका सभापतिको सभापतित्वमा उपसमितिमा यो विषयमा छलफल गरिसकेका छौं । बैठकमा पटक–पटक प्रश्न उठ्यो । रिपोर्ट आएपछि नेपाल एयरलाइन्स,श्री एयरलाइन्स र क्यानको आएको थियो । त्यो रिपोर्ट साइटमा नै पढ्न सकिने थियो । मैले पढेको डकुमेण्टमा भएको विषय पढेको छु । त्यो बेलामा नेपाल एयरलाइन्सको विषयमा धेरै फोकस किन भएका थियौं भन्दा देशको ब्राण्डिङ,अन्तर्राष्ट्रिय हाम्रो धारणा अर्को ठाउँमा होला । आजको दिनमा युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचिबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको हवाइटबडी जहाज नै जान्छ । अरु कुनै पनि एयरलाइन्स जाँदैन । त्यसै कारणले फोकस नेपाल एयरलान्समा भएको थियो । ईयुको फोकस पनि नेपाल एयरलाइन्समा नै भएको थियो । क्षमता यसको मात्रै छ । हिमालय एयरलाइन्स फाइल हेर्दा ठिक छ भन्नुभयो । रिपोर्टमा निगममा फोकस हुनु भनिएको छ । क्यानले गर्नुपर्ने कामहरु बाँकी छन् । श्री एयरलाइन्सको रिर्पोट पनि थियो तर श्री एयरलाइन्स खुला भए पनि युरोप जाँदैन । त्यसकारणले माननीय उदयशमशेर राणाले युआर लाइट भन्ने शब्द थाहा छैन । सभापतिले असंसदीय शब्द भन्नुभयो । मेरो यसमा भद्र असहमति छ ।’

बैठकमा नेपाली काँग्रेसका सांसद उदय समशेर राणाले क्यान,नेपाल एयरलाइन्स र मन्त्रीको फरक कुराले अलमलमा परेको बताउनु भयो । उहाँले क्यानका महानिर्देशकले समितिलाई भनेको कुरा र रिपोर्टमा भनेको कुरा फरक रहेको बताउनु भयो । उहाँले क्यानका महानिर्देशक अधिकारीले युरोपियन युनियनले हवाई से को रिपोर्टको विषयमा झुटो बोल्नुभएको आरोप लगाउनु भयो । उहाँले रिपोर्ट पढ्दै ०.५६ देखि ०.६२ सम्म अधिकांश ठाउँमा क्यानको कमजोरीहरु भनेको बताउनु भयो । 

त्यस्तै बैठकमा बोल्दै नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले आईकाओको कालोसूचिबाट हट्न मात्रै नभएर नियमनकारी निकाय क्यानको नियमअनुसार जहाजहरु उडान गरिहेको बताउनु भयो । उहाँले निगमले जनशक्ति,प्राविधिक र सिस्टमलाई पालना गरेको दाबी गर्नुभयो । उहाँले क्यानले वर्षमा एकपटक वायुसेवा निगमको पूर्ण अडिट गर्ने र आवश्यकताअनुसार बीचमा पनि अडिट गरेर नियमअनुसार भए÷नभएको प्रमाणित गर्ने गरेको बताउनु भयो । उहाँले रिपोर्टमा देखिएका २५ वटा सुझावमा २० वटा पूर्ण रुपमा निराकरण भएको र ३ वटा एक महिनाभित्रमा पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले दुईवटा तालिम लगायतका विषय रहेकाले प्रक्रियामा गएको बताउनु भयो ।

उहाँले नेपाल वायुसेवा निगमले ईयुको मात्रै नभएर अन्य अन्तर्राष्ट्रिय मापदण्डहरु समेत पालना गर्दै आफ्ना जहाजहरु उडान गरिरहेको बताउनु भयो ।  


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने