fbpx

नेपाल-चीन व्यापार समिट: विदेशी लगानी र व्यापार सहजीकरणमा जोड

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं I नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई प्रगाढ बनाउँदै नेपाल-चीन व्यापार समिट सम्पन्न भएको छ। बेइजिङमा आयोजित यस कार्यक्रमले दुवै देशबीच व्यापार, पर्यटन, र लगानी विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लगानी वातावरणमा सुधार हुँदै गएको बताउँदै विदेशी लगानीकर्तालाई जलविद्युत, पर्यटन, र उत्पादन क्षेत्रमा अवसरहरूको फाइदा उठाउन आग्रह गर्नुभयो। निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड भन्दै सरकार लगानी संरक्षण र सहजीकरणमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

चीनका वाणिज्य उपमन्त्री लिंग जिएले नेपाल-चीन सम्बन्धलाई ऐतिहासिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो। उहाँले नेपालमा चिनियाँ लगानीलाई थप प्रवर्द्धन गर्दै पारवाहन सहजीकरण र भन्साररहित व्यापार सुविधाबाट नेपाल लाभान्वित हुने बताउनुभयो।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी वातावरण सुधारका लागि सरकारले ८ कानुन संशोधन गरेको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउनुभयो। उहाँले चीनसँग सिधा उडान र सीमा क्षेत्रको पूर्वाधार विकासमा पहल गर्न जोड दिनुभयो।

समिटमा १२० चिनियाँ व्यवसायी र ५० नेपाली उद्यमी सहभागी थिए। नेपाल उद्योग वाणिज्य महासंघ, चीन काउन्सिल फर प्रमोशन अफ इन्टरनेसनल ट्रेड (CCPIT), र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको यो समिटले आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक