‘हाम्रो आर्थिक ऐन र नीतिगत सुधार नहुँदा उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ’:-राजेन्द्र मल्ल

author

समाचारपाटी

२ years अगाडि

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने बताउनुभएको छ । 

बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धरासायी हुनसक्ने बताउनुभएको हो । उहाँले बैंकको ब्याजदर कम नभए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने बताउनु भयो । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिनको लागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नपर्ने बताउनु भयो । उहाँले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोवारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको बताउनु भयो । उहाँले बजारमा तरलता अभावको कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बैंकहरुले लिने कर्जाको प्रिमियम दरमा समेत व्यवसायीहरु माथि पक्षपात गरिरहेको आरोप लगाउनु भयो । 
उहाँले भन्नुभयो,‘हाम्रो आर्थिक ऐन र नीतिगत सुधार नहुँदा आज उधारो कारोवारले गर्दा थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ । बजारमा जाँदा पैसा आउँदैन । त्यो कारणले बैंकलाई पनि संकट, उद्योगी व्यवसायीलाई पनि संकट, यस किसिमको संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्छ । आउने आर्थिक ऐनमा, आउने बजेटमा हामीले ल्याउनैपर्छ । यो नगदमा कारोबार हुनासाथ कुनैपनि व्यवसायीहरुलाई २ प्रतिशत नाफा महिनामा भयो भनेपनि वर्षमा २४ प्रतिशत हुन्छ । बैंकमा गएर तरलताको लागि टाउको दुखाउनु पनि पर्दैन । चालु कर्जा पुँजी दिएन भनेर पनि कराउनु परेन । नयाँ भिजनमा, नीतिमा मुलुकलाई लैजानुपर्छ । ब्याजदरमा जुन किसिमको वृद्धि भएको छ, धेरै नै कठिन हुन्छ, यो ब्याजदरलाई छिटो भन्दा छिटो केही घटाइएन भने, एकल अंकमा झार्न सकेन भने उद्योग व्यवसाय फस्टाउनेवाला छैन । मुलुक अफ्ठ्यारो अवस्थामा पुग्नसक्छ । यसमा गर्नसक्ने कुरा सरकारको तर्फबाट छिटो भन्दा छिटो फास्ट ट्रयाकमा, एक सुका, एक मोहोर गरेर ब्याजदर तलमाथि गर्ने नभइ गर्नसक्ने कुरा गर्नुपर्छ । यो ब्याजको दर घटाउनुपर्छ । बेस रेटमा लिने प्रिमियर पनि लाखापाखा भएका छन्, ठूलालाई चैन, सानालाई ऐन भएको छ । कसैलाई त्यही बेसरेटमा प्रिमियम हाफ प्रतिशत हुने, कसैलाई ५,६ प्रतिशत हुने, कसरी उद्योग व्यवसाय फस्टाउँछ । बेस्ट रेटमा लिने प्रिमियमलाई २ प्रतिशतमा लगाउनुपर्छ, त्यसले नै ब्याजदर घटाउँछ । बेस रेटमा पनि देशको माटो सुहाँउँदो व्यवस्था गरेमा बेस रेट पनि घट्छ । यसको लागि सरकारले आज गरौँला, भोलि गरौँला भनेर हुँदैन । हामीले दिन गन्दा गन्दै मुलुकको अर्थतन्त्र झनै धराशायी हुनसक्छ । अमेरिकाका केही बैंकहरु बन्द भए त्यसको कारण के रहेछ भन्दा एक्कासी ब्याजदर बढ्नु रहेछ । हामीसँग पनि ब्याजदर बढेको छ, उद्योगी व्यवसायीले तिर्न सकेको छैन ।’

उहाँले नेपालमा इटालीको आवासीय राजदुतावास बन्न नसक्दा दुई देशबीचको व्यापार बिस्तार हुन नसकेको बताउनु भयो । उहाँले सरकारले दुई देशबीच व्यापार बढाउनको लागि इटालीको आवासीय राजदुतावास नेपालमा खोल्न पहल गर्नुपर्ने बताउनु भयो । 


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७६°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन