fbpx

‘२० वर्ष पुराना सबै सवारीसाधन उपत्यकाबाट हटाउनुपर्छ’:- राजेन्द्र मल्ल

author

समाचारपाटी

१ year अगाडि

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले २० वर्ष पुरानो सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने बताउनुभएको छ । 

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अटो मोबाइललाई पनि राम्रो हुने र वातावरणमा पनि असर नहुने भएकाले २० वर्ष पुरानो सवारीसाधन सबै उपत्यकाबाट हटाउनुपर्ने बताउनु भयो । उहाँले १६ औं पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने र आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने गरी काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले विशेष गरी अटो मोबाइललाई पनि हुने र हाम्रो वातावरण पनि असर नहुने यो २० वर्ष पुरानो गाडी सबै यो भ्यालीबाट हटाउनुपर्छ । कुनैकुनै त हामी जन्मिएको सालदेखिका पनि छन् । यसलाई अलि डेकोरेशन गरेर राख्न सक्नुपर्छ । हाम्रो मुलुकमा जुन तरलताको कुरा छ, अर्को वर्ष १६ औं पञ्चवर्षीय आउँदैछ । त्यो पञ्चवर्षीय योजनादेखि हामीले एउटा पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने, आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने कुरा होस् । सरकारी सेवा आम जनताप्रधान गरेर टाइम बाउण्ड एक्शन प्लान गरेर सरकारले सेवा प्रदान गर्नुपर्छ । छक्याउने काम गर्नुभएन ।’अध्यक्ष मल्लले सरकारी सेवा आम जनताप्रधान बनाउन पनि आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर