काठमाडौं । आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाल स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेलमा १३५ रनमै अलआउट भएको छ ।
बिहीवार दक्षिण अफ्रिकाको प्रिटोरियामा टस हारेर ब्याटिङ गरेको नेपालले २७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३५ रन बनाएको हो । स्कटल्यान्डले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
नेपालले दोस्रो अभ्यास खेलमा शनिवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपाली टोली अघिल्लो हप्ता मङ्गलवार दक्षिण अफ्रिका गएको थियो ।
नेपाल दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने विश्व कप छनोट प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ुएु मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ुबीु मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।