नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) ले क्लीन एण्ड ग्रीन स्पोर्टस्अभियान शुरु गरेको छ । SAY NO TO DOPING को व्यानरमा असार ६ काठमाण्डौमा घोषणा गरिएको सो कार्यक्रम नेपाली खेल संघले सम्भावत विशेष प्रकृतिको हाे ।
क्लीन ग्रीन फेयर इथिक्स र डिसीप्लिन तथा एन्टी डोपीङ्ग जस्ता विषयलाई समेटी अन्तराष्ट्रिय महासंघहरु एफआईए र एफआईएम को विश्वव्यापी अभियानमा जोडिदै संघले सो कार्यक्रम शुरु गरेको हो । रिजनल एण्टी डोपीङ्ग अर्गनाइजेसन RADO का प्रतिनिधी तथा अर्थोपेडिक सर्जन डा ज्ञानेन्द विक्रम शाहले संघको पदाधिकारी र खेलाडी समेतको अन्तरक्रियामा एण्टी डोपीङ्ग र फेयर प्ले सम्वन्धि प्रस्तुती दिदै नासा नेपालको सो अभियानको शुभारम्भ गर्नुभएकाे थियाे ।
संघका इथिक्स एण्ड डिसीप्लीनरी कमीसनका संयोजक अनिल कुमार बरालको अध्यक्षता ग्रहण गर्दै सो कार्यक्रममा ग्रीन र क्लीन स्पोर्टस र मोटरस्पोटसको बारेमा प्रकाश पार्नु भएको थियो । अन्तराष्ट्रिय अटोमोबाईल फेडेरेशन एफआईए काउन्शि ल मेम्वर गोविन्द भट्टराईले एफआईए Race True तथा FIA एक्सन फर इन्भाईरोमेन्ट तथा एफआईएमको अनलाईन कोर्ष बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा एण्टी डोपीङ्गको अवस्था, सुधार र प्रकियाहरु, राष्ट्रिय संघको भूमिका जस्ता विषयमा सहभागीले आ– आफ्ना धारणा रोखेका थिए जस्का मुख्य वक्ता डा शाहले थप प्रस्ट बनाउदै शुरु गरिने अभियानमा सदैव आफू समेत हुने प्रतिवध्दता जनाउनु भयो ।
छलफल पश्चात एण्टी डोपीङ्ग फेयर प्ले, ग्रीन एण्ड क्लीन स्पोर्टस इथिक्स एण्ड डिसिप्लीन गरी ५ वटा क्षेत्रमा संस्थागत, नितिगत र कार्यक्रमिक अभियान संचालन गर्ने प्रस्ताव पारीत समेत गरिएको छ । तालीम सामाग्री निर्माण, प्रशिक्षक तयार, अनलाईन कोर्षको डिजाईन, खेलस्थलको डिजाईन, कोड अफ कण्डक्ट निर्माण तथा मिडीया र सामाजिक संजालका्े सदुपयोग, सेल्फ कमिट्मेन्ट जस्ता कार्यहरु यही महिनादेखी नियमीत संचालन हुनेछन्, जसको समन्वय संघको कमिसनहरुले संयूक्त रुपमा गर्नेछन्।
कार्यक्रममा संघका सह– कोषाध्यक्ष कमला छेत्री, ट्रेनिड तथा मार्सल कमिसनका संयोजक यदुराज लामिछाने, एथलेट कमिसनका संयोजक कृष्ण पौड्याल लगायतका खेलाडी, प्राविधिक तथा अफिसियलहरुको सक्रिय सहभागीता रहेको थियो ।