fbpx

यू १९ विश्वकपको एशिया छनोटका लागि नेपाल र सिंगापुर भिड्दै

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । यू १९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू १९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो ।

नेपाल क्रिकेट संघ क्यान र राष्ट्रिय खेलकुद परिषद् राखेप ले आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो ।

क्यानका अनुसार दोस्रो खेल भने २५ फ्रेबुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने कुवेतसँग खेल खेलेको एकदिन पछि लगतै नेपाली यु १९ टोलीले २७ फ्रेबुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ ।

२८ फ्रेबुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्ने मौका पाउने छन । त्यसका लागि यू(१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले मंगलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए ।

यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग २ को श्रृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।


काठमाडौं

सोमवार, बैशाख १०, २०८१

२३.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने