दाङ । नेपाल एअरलाइन्सले दाङ–काठमाडौं को भाडादर घटाएको छ। शनिबारदेखि लागू हुने गरि नेपाल एअरलाइन्सले दाङ काठमाडौं हवाई भाडा ६ हजार ३ सय कायम गरिएको नेपाल एअरलाइन्सका दाङ स्टेशन प्रमुख महेन्द्रकुमार शर्माले जानकारी दिनुभएको छ ।
यसअघि दाङ काठमाडौं भाडा ८ हजार ८ सय रुपैयाँ रहेको थियो । त्यसैगरी काठमाडौं दाङको पहिलेको भाडाद ९ हजार १० रुपैयाँ थियो ।
नेपाल एअरलाइन्सले अहिले दाङमा हप्ताको ४ दिन उडान भर्दै आएको छ । सीता एअरले पनि उडान भरिरहेको छ । सिता एअरले भाडा घटाएको दुई हप्तामा नेपाल एअरलाइन्सले पनि भाडा घटाएको हो ।