पर्यटन प्रवर्द्धनमा बलियो उपस्थिति जनाउन न्यारोबडी जहाज भाडामा लिन लागेका हौं : निगम

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाल वायुसेवा निगमले मुलुकको पर्यटन प्रवर्द्धन बलिया उपस्थिति जनाउने उद्देश्यले दुई वटा न्यारोबडीे जहाज भाडामा लिन लागेको बताएको छ ।

मंगलबार निगमले दुईवटा न्यारोबडी जहाज भाडामा लिनको लागि सार्वजनिक खरिद ऐन, नियम बमोजिम सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलले जहाज भाडामा दिने कम्पनीले विमान, चालक दल, मर्मतसम्भार, बीमा समेत आफैले व्यहोर्ने र नेपाल वायुसेवा निगमले बजार व्यवस्थापन गर्ने सम्झौतामा दुई वटा न्यारोबडी जहाज भाडामा लिन लागिएको बताउनुभयो । उहाँले निगमको कार्ययोजना अनुरुप हाल निगमसँग भएको दुईवटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोगहुँदा अन्य क्षेत्रमा हाल भएका दुइवटा न्यारोबडी जहाजले उडान चापको माग धान्न नसक्ने भएकोले दुई वटा जहाज थप गर्न लागेको उल्लेख गर्नुभयो ।

उहाँले थप भएका दुई जहाजले अहिले रहेको उडान चापलाई व्यवस्थापन गर्नेगरी दिल्ली, दुबई, दोहा, मलेसिया लगाएतका क्षेत्रमा उडान थप गरी आय बढाउने योजना रहेको बताउनुभयो ।

प्रवक्ता पौडेलले राष्ट्रिय ध्वाजवाहक जहाज भन्ने तर ४ वटा जहाज राखेर ४ सय जहाज भएको मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको भन्दै अन्य देशसँग प्रतिष्पर्धाको लागि जहाज आवश्यक परेको बताउनुभयो ।

उहाँले विमान, चालक दल, मर्मतसम्भार, बीमा समेत भाडामा जहाज दिने कम्पनीको हुने र बजार व्यवस्थापन नेपाल वायुसेवा निगमको जिम्मा रहने बताउनुभयो । उहाँले निगमले साधन स्रोत ल्याएर सम्भाव्य बजारलाई बढाएर आम्दानी गर्ने, निगमको आम्दानी पनि बढाउने र जहाजको भाडा पनि तिर्नेगरी योजना अगाडि बढेको बताउनुभयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन