नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल अफ्रिका–फिल्म फेस्टिबल–२०२३ को तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ । ११औँ संस्करणको यो फेस्टिबल यही १ देखि ३ असारसम्म हुने भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यो महोत्सव कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र विलक्षण क्रिएसन प्रालिले आयोजना गर्न लागेको हो ।

महोत्सव अध्यक्ष तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनकी अध्यक्ष डा. मञ्जु मिश्रले महोत्सवबारे,‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा छन्। अफ्रिकालाई अब पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले बिगत ११ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौँ।’ नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशकअघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताउनुभयाे ।

यो अन्तराष्ट्रिय फिल्म महोत्सवका लागि हालसम्म २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएको पनि उहाँले बताउनुभयाे । नेपालबाट यो महोत्सवमा फिल्म सहभागी हुनको लागि जेठको दोश्रो हप्तासम्म समय तोकिएको पनि उहाँले जनाउनुभयाे ।
महोत्सवका लागि हाल प्राप्त अन्तराष्ट्रिय चलचित्रहरु निर्णायक समुहबाट हेर्नेकाम भईरहेको अध्यक्ष डा. मिश्रले बताउनुभएकाे छ। यो महोत्सवको लागि बिगतमा झै यसपटक पनि बढीमा २५ वटा सिनेमा चयन गरिने छ । नेपाली र अफ्रिकन फिल्म यो महोत्सवमा प्रदर्शन गरिने छ । अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत अफ्रिकन मुलुकका तथा अफ्रिका माथि बनेको अन्य मुलुकका सिनेमाचयन गरिने छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन्। अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट अन्तराष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री र निर्देशन विधामा प्रतिस्पर्धा हुनेछ ।
महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सवमा बिगत झैं यसपटक पनि साँस्कृतिक झाँकी, नेपाल र अफ्रिकाको विषयमा अन्तरक्रिया, नेपालमा सर्ट फिल्म किन व्यवसायिक हुन सेकनन् लगायत विभिन्न विषयमा छलफल पनि गरिने महोत्सव निर्देशक क्षत्रीले बताउनुभएकाे छ । महोत्सवमा कला प्रदर्शनी पनि गरिने भएको छ ।

यो महोत्सवमा चलचित्र, लघु चलचित्र, बृत्तचित्र, एनिमेसन चलचित्र, कार्टुन फिल्म सहभागी गराईनेछ । नेपाल खण्ड अन्तर्गत खुला प्रतिस्पर्धा र विधार्थी सिनेमा प्रतिस्पर्धा गरी दुईवटा क्याटोगोरी रहेको पनि क्षत्रीले बताउनुभयाे । यस्तै नेपाली खण्ड अन्तर्गत खुला प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र, लघु चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाँकार, सम्पादक, लेखकजस्ता विधामा प्रतिस्पर्धा हुनेछ । नेपाली सिनेमामै विधार्थी खण्ड अन्तर्गत उत्कृष्ट स्टुडेन्ट सर्ट फिल्म र उत्कृष्ट स्टुडेन्ट डिरेक्टर अवार्डको लागि प्रतिस्पर्धा हुने भएको छ ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन