fbpx

 ‘निहित स्वार्थ पूरा गर्नेगरी विधेयकमा संशोधन प्रश्ताव आए’:-सांसद

author

समाचारपाटी

९ महिना अगाडि

सांसदहरुले केही नेपाल ऐन संशोधनको लागि बनेको विधेयकमा केही मन्त्रालय र मन्त्रीको निहित उद्देश्य पूरुा गर्नको लागि ऐन संशोधन ल्याएको बताएका छन् । 


शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले मन्त्रालय गत ऐनहरु छुट्टाछुट्टै संशोधनको लागि ल्याउने पर्नेमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत सबै ऐनलाई एकै ठाउँमा ल्याउनु उपयुक्त नदेखिएको बताए । सांसदहरुले मन्त्रालयगत धेरै ऐनहरु संशोधन गर्नुपर्ने अवस्था रहेकाले केही नेपाल ऐन संशोधनमार्फत ल्याउँदा टालटुले रुपमा मात्रै ऐन संशोधन हुने अवस्था देखिएको बताए । बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले केही मन्त्री र मन्त्रालयका निहित उद्देश्य हल गर्नको लागि केही नेपाल ऐन संशोधनको लागि बनेको विधेयकमार्फत संशोधनका प्रश्ताव आएको आरोप लगाउनु भयो । उहाँले यसले जनताको लागि पाउनु सुविधामा दिगो समाधान दिन नसक्ने दाबी गर्नुभयो । उहाँले समितिमा श्रम रोजगार,संस्कृति पर्यटन,सञ्चार,स्वास्थ्य,भूमि व्यवस्था मन्त्रालय र संघीय संसद सचिवालयसँग सम्बन्धित संशोधनमा दिगो समाधान सहितको पूर्ण कानून ल्याउनुपर्ने आवश्यकता पूरा नगर्ने उल्लेख गर्नुभयो । उहाँले यसरी सबै मन्त्रालयहरुको ऐनलाई संशोधनको लागि एकै ठाउँमा ल्याउदा पूर्ण कानून बन्न नसक्दा भविष्यमा मन्त्रालयगत गर्ने कामको दिशा निर्देश गर्न नसक्ने बताउनु भयो । उहाँले सरकारले बनाउने हरेक मन्त्रालय गत ऐन संशोधन जनताले पाउने सेवा सुविधा सहज बनाउने गरी जानुपर्नेमा सरकार टालटुले तरिकाले र तत्कालका निहित उद्देश्य पूरा गर्ने हिसावले भइरहेको तरिका बदल्न आवश्यक रहेको बताउनु भयो । 

नेपाली काँग्रेस सांसद रमा कोईराला पौडेलले ऐन संशोधन गर्दा सरोकारवाला संस्थाहरु बसेर एकिकृत ऐन ल्याउनु आवश्यक रहेको बताउनु भयो । उहाँले त्यस्तो नभएर सरकारले कसलाई कहाँ सजिलो पर्ने गरी संशोधन प्रश्ताव ल्याएको पाएको बताउनु भयो । उहाँले श्रम मन्त्रालय अन्तर्गतको श्रम ऐन केही नेपाल ऐन संशोधनको नाममा नभएर एकीकृत ऐन ल्याउनुपर्ने बताउनु भयो। उहाँले यसरी टुक्राटुक्रा ऐनले ६० लाख विदेशिएका नागरिकलाई यो ऐनले समेट्न नसक्ने बताउनु भयो। उहाँले सरकारले टुक्रा ऐन ल्याउने कुरा बन्द गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले श्रम लगायत अन्य ऐनहरु मन्त्री वा सरोकारवाला निकायहरुको स्वास्र्थको आधारमा संशोधन भइरहेको बताउनु भयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सांसदहरु नै संशोधनको विषयमा दोहोरो चरित्र देखाएर बोल्ने गरेको भन्दै अगाडि बढ्न सक्ने अवस्था नहुने बताउनु भयो । उहाँले सरकारले ल्याएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ६४ मा राष्ट्रघाती ऐन पनि रहेको बताउनु भयो । 

उहाँले संसदमा बिरोधको प्रश्ताव फेल गर्ने र समितिमा आएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रश्ताव राखेर दोहोरो चरित्र सांसदहरुले देखाएको बताउनु भयो । 


काठमाडौं

बिहिबार, अशोज १७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन