काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पाँच विकेट लिएको छ।
नेपालका लागि सन्दीप लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका छन्।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउदा १२४ रन जोडेको छ।
खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।
नेपाली टिम रोहित पौडेल कप्तान, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख विकेटकिपर, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल।
लिग २ मा नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ। बाँकी ९ खेल खेल्नुअघि नेपाललाई लिग २ को शीर्ष तीनमा पारेर विश्वकप छनोटमा पुग्न पर्ने चुनौती छ।