नेपाल स्कटल्यान्डसँग पराजित

author

समाचारपाटी

६ महिना अगाडि

काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ ओभर ४ बलमा ९ विकेट गुमाएर भेटायो । स्कटल्यान्डकी पिपा स्प्रोलले ३५ रन बनाइन् । नेपालकी रचना चौधरी र सिमाना केसीले २र२ विकेट लिए ।

मलेसियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा अलआउट भयो । नेपालकी पूजा महतोले २७ रन बनाइन् । स्कटल्यान्डकी मेसे मसेराले ५ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेट पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि बुधवार अस्ट्रेलियासँग खेल्नेछ ।

प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका छन् । समूह ‘सी’ मा न्युजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् । समूह ‘डी’ मा नेपाल, अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् ।

हरेक समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । १९ वर्षमुनिको महिला टी–२० विश्वकपको फाइनल खेल माघ २० गते हुनेछ ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन