fbpx

नेलम्बो नेपालद्वारा माछापुच्छे ६ धितालमा रहेका विद्यालयहरुमा स्वीटर र झोला सहयोग

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा ४ ग्रह्रापाटनमा रहेको नेलम्बो नेपालले माछापुच्छे गाउँपालिका वडा नं. ६ धितालमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने विद्याथीैहरुलाई जाडोमा लगाउने ३८७ थान स्वीटर र ५५ थान झोला हस्तान्तरण गरेको हो । नेलम्बो नेपालका अध्यक्ष एक देवकोटाले माछापुच्छे ६ धितालका अध्यक्ष टेक नाथ गौतमको रोहवरमा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

नेलम्बो नेपालले श्रीवराह माध्यमिक विद्यालय, भूमेश्वर माध्यमिक विद्यालय, कैलाश टेत्सोओ आधारभूत विद्यालय, भूमेश्वर आधारभूत विद्यालय, इनदे्रणी आधारभूत विद्यालय, जनकल्याण आधारभूत विद्यालय गरी६ वटा विद्यालयहरुलाई सामग्री हस्तान्तरण गरेको हो । नेलम्बो नेपालले स्थापना काल देखि शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा माछापुच्छे ६ धितालमा सहयोग गर्दे आइरहेको छ । सो कार्याक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य लक्ष्मी परियारले नेलम्बो नेपाले गरेका हरेक क्रियाकलापहरु प्रशंशनीय योग्य रहेको पनि बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष देवकोटाले संस्थाले विद्यार्थीको स्वास्थ्य र शिक्षालाई मध्यनजर राखीजाडोको लागि न्यानो स्वीटर हस्तान्तरण गरेको बताउनु भयो ।

त्यसै गरी वडा नं.६ का अध्यक्ष टेकनाथ गौतमले नेलम्बो नेपालले जाडोको समयमा वडा भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थिहरुलाई पुग्ने गरी न्यानो स्वीटर हस्तान्तरण गरेको प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । उहाँले नेलम्बो नेपाल सहयोगी संस्थाका रुपामा माछापुच्छे ६ मा स्थापीत भएको र संस्थाले निरन्तर सहयोग गर्ने प्रति प्रतिबद्धता समेत रहेको जनाउनु भयो । उक्त कार्यक्रममा सम्पूर्ण विद्यालयहरुको प्रतिनिधित्व गर्दै वराहा माध्यमिक विद्यालयका प्रधानाध्यापक मिनराज अधिकारीले हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

उहाँले विपन्न विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयहरुमा नेलम्बो नेपालले गर्ने सहयोग उच्च प्रशंशनीय रहेको बताउनु भयो । सम्पूर्ण टोलहरुको प्रतिनिधित्व गर्दे भिडावारी टोल विकास संस्थाका टोल संयोजक नवीन अधिकारीले नेलम्बो नेपालले आफ्नो ग्रामीण क्षेत्रमा गरेको सहयोग प्रति हार्दिक आभार व्यक्त गरे । टेक नाथ गौतमको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य जमुना ओझा अधिकारीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले गर्नु भएको थियो ।


काठमाडौं

बिहिबार, अशोज २४, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन