पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा भिविन्न क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यक्रम अन्र्तगतको शिक्षमा नेलम्बो नेपालले माछापुच्छे गाउँपालिका वडा नं. ७ मा रहेका २ वटा समुदायिक विद्यालयहरु श्रीउदय माध्यमिक विद्यालय र श्री जनप्रिय आधारभूत विद्यालयमा विगत ३ वर्ष देखि लगातार शिक्षकहरु सहयोग गर्दै आई रहेको छ । श्री उदय माध्यमिक विद्यालयमा माध्यमिक तहको १ जना विज्ञान विषयको निजि शिक्षक सहयोग गर्दे आईरहेको छ भने जनप्रिय आधारभूत विद्यालयमा १ जना निजि शिक्षक सहयोग गर्दै आई रहेको छ ।
नेलम्बो नेपालले एक कार्यक्रमका बीच माछापुच्छे गाउँ पालिका वडा नं. ७ को वडा कार्यालयमा उक्त विद्यालयको लागि शिक्षक सम्झौता हस्ताक्षर गरेको हो । उक्त कार्यक्रममा माछापुच्छे गाउँ पालिका वडा नं. ७ का वडा अध्यक्ष बैकुठ प्रसाद भण्डारीको प्रमुख आतिथ्यता वडा कार्यालयको सहभागितामा उक्त पत्रमा हस्ताक्षर गरिएको हो । उक्त पत्रमा वडा अध्यक्ष भण्डारी, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, उदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर अधिकारी क्षेत्री, श्री जनप्रिय आधार भूत विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा बहादुर वि.क. साथै विद्यालयका प्रधानाध्यापक द्धय धन बहादुर अधिकारी क्षेत्रीर चुणमणीभण्डारीको उपसिथतिमा उक्त सम्झौता पत्र हस्ताक्षर गरिएको हो ।
उक्त सम्झौता पत्र हस्तान्तरण पश्चात् नेलम्बो नेपालका अध्यक्ष एक देवदेवकोटाले नेलम्बो नेपाल शिक्षाको क्षेत्रमा पनि वर्षौ देखि लागि रहेको र यी विद्यालयहरुमा विगत ३ वर्ष देखि निरन्तर सहयोग गर्दै आईरहेको बताउनु भयो । उहाँले शिक्षक सहयोगका लागि गरेको सम्झौताले शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनु भयो । मााछापुच्छे गाउँपालिका वडा नं. ७ का अध्यक्ष बैकुठ प्रसाद भण्डारीले नेलम्बो नेपालले आफ्नो क्षेत्रमा गरेको शिक्षा, स्वास्थ्य र वातावरणका कार्यक्रमहरु उत्कृष्ट रहेको बताउनु भयो उहाँले एक गैरसरकारी समाजिक संस्थाले हरेक वर्ष गर्ने सहयोगले वडाको समग्र विकासमा थप टेवा पु¥याएको पनि बताउनु भयो । उहाँले आगामि दिनमा नेलम्बो नेपालका कार्यक्रमहरुसँग थप सहकार्यका लागि तयार रहेको पनि बताउनु भयो । त्यसै गरीविद्यालय व्यवस्थापन समिति तथा विद्यालय परिवारले नेलम्बो नेपालले गरेको सहयोग आफुहरुका लागि उर्जाको स्रोत रहेको बताउनु भयो । उक्त सम्झौता पत्र २०८१ असार मसान्त सम्म रहेको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भयो ।