fbpx

नेलम्बो नेपालद्धारा पाउँदुर आधारभूत विद्यालयलाई युरोगार्ड हस्तान्तरण

author

समाचारपाटी

२ years अगाडि

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मा रहेको श्री पाउँदुर आधारभूत विद्यालयलाई विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राखि एक थान यूरोगार्ड हस्तान्तरण गरेको हो ।

विगत लामो समय देखि त्यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले धाराबाटै सिधै बोतलमा पानी थापी पिउने गरेका विद्यार्थीहरुले अब भने धाराको पानीलाई प्रशोधन पश्चात मात्र पिउने भएका छन् । वर्षायाममा मूलबाट आउने पानी धमिलो पिउनु परेको र त्यसले विद्यार्थीहरुमा विभिन्न खाले रोगहरुले ग्रसीत हुने गरेकोमा अब भने कुनै चिन्ता नहुनेमा विद्यालयकी प्रधानाध्यापक बसन्ती देवकोटा विश्वत रहनुभयाे । नेलम्बो नेपालले ७३ औं प्रजातन्त्रको शुखत उपलक्ष्यमा उक्त विद्यालयमा यूरोगार्ड हस्तान्तरण गरेको हो ।

उक्त युरोगार्ड हस्तान्तरण नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद के.सी. उपाध्यक्ष चन्द्रकला देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङ्ग र विद्यालय प्रधानाध्यपक बसन्ती देवकोटालाई हस्तान्तरण गर्नु भएको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सी ले नेलम्बो नेपालले विगतमा यस पालिकालाई गरेको सहयोग उच्च प्रशंसनीय रहेको र भविष्यमा शिक्षा र स्वास्थ्य क्षेत्रमा गाउँपालिका भित्र धेरै नै कार्यहरु गर्नु पर्ने भएको हुदाँ नेलम्बो नेपालसगँ सहकार्य गरेर काम गर्ने प्रतिबद्धता गर्नु भयो ।

त्यसै गरी गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटाले नेलम्बो नेपालले एक पटकको सहयोगको आग्रहमा यति छिट्टै उपलब्ध गराएकोमा नेलम्बो नेपाललाई धन्यवाद व्यक्त गर्नु भयो । त्यसै गरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाइँले नेलम्बो नेपाल विगतका वर्षहरुमा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि शिक्षा र स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्न पालिका सधै तयार रहेको जनाउनु भयो । उहाँले विगतको वर्षमा गरेको कार्यहरु पालिकाले कहिल्यै पनि विर्षन नसकिने बताउनु भयो ।

त्यसै गरी सहयोगी संस्थाका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपाल स्थापना कालको केही समयको अन्तरालसँगै यस पालिकामा कार्यहरु गर्दै आईरहेको पनि बताउनु भयो । उहाँले वृहत निस्शुल्क स्वास्थ्य शिविर, कोभिड १९ को विषम् परिस्थितिमा सम्पूर्ण गाउँपालिकाको घर दैलोमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुगेको, विद्यालयहरुलाई पढाई सञ्चालनको लागि आवश्यक पर्ने माक्स सेनिटाइजर, थर्मल गन, स्वास्थ्य संग संस्थाहरुलाई कोभिड १९ को लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु विद्यालयहरुमा निःशुल्क दन्त शिविर, शुद्ध खाने पानीका लागि आवश्यक पर्ने युरोगार्ड लगाएतका कार्यक्रमहरु सञ्चालन गरेको पनि बताउनु भयो ।

भविष्यमा आवश्यकता र संस्थाको दक्षताका आधारमा अन्य थप सहयोगका कार्यक्रमहरु पनि सञ्चालन गर्ने बताउनु भयो । त्यसै गरी उक्त कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष फडिन्द्र पौडेल, ढिकुरपोखरी पोखरा सम्पर्क समाजका सहसचिव गणेश प्रसाद अधिकारी लगायतले संस्थाले गरेको सहयोगका बारेमा बोल्नु भएको थियो ।

हस्तान्तरण गरिएको युरोगार्डको बारेमा थप जानकारी नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भएको थियो । साथै उक्त युरोगार्डले प्रति घण्टा ५० लिटर भन्दा बढी पानी शुद्धीकरण गर्न सक्ने उहाँले बताउनु भयो ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन