fbpx

नेलम्बो नेपालले गर्याे मेथलाङ्ग युवा क्लबलाई खेलकुद सामग्रीहरु सहयोग

author

समाचारपाटी

१ year अगाडि

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले पोखरा १८ मेथलाङ्गमा रहेको मेथलाङ्ग युवा क्लबलाई खेलकुदका सामग्रीहरु प्रदान गरेको छ । युवाहरुलाई शारीरिक तथा मानसिक विकासमा सहयोग होस् भन्ने हेतुले खेलकुदका सामग्रीहरु एक कार्यक्रमका बीच पोखरा महानगर पालिका वडा नंं १८ की वडा सदस्य कल्पाना ढकालको प्रमुख आथित्यतामा नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले क्लबका अध्यक्ष रविन देवकोटालाई हस्तान्तरण गर्नु भएको हो ।

खेलकुदका सामग्रीहरुमा भलिबल, फुटवल, बास्केट बल, भलिबल नेट, ब्याटमिन्टन सेट चेस बोड सेट लगायतका खेलकुदका सामग्रीहरु प्रदान गरिएको हो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि कल्पना ढकालले नेलम्बो नेपालले वालवालिकाहरुको शारिरिक मानसकि, तथा बौद्धिक विकास अभिवृद्धि गर्न खेलकुदले महत्व पूर्ण कार्य गर्ने भएको हुदाँ युवा क्लबलाई प्रदान गरिएका सामग्रीहरुले महत्वपूर्ण प्रभाव पर्ने भएको हुदाँ नेलम्बो नेपाल प्रति अभार व्यक्त गर्नु भयो ।

भविष्यमा नेलम्बो नेपाल सँगको सहकार्यमा वडामा अन्य रचनात्मक कार्यहरु पनि गर्न सकिने बताउनु भयो । त्यसै गरी संस्थाका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले नेलम्बो नेपालले प्रदान गरिएका खेलकुदका सामग्रीहरुको सही सदुपयोग गरी उपयोग गर्न सल्लाह प्रदान गर्नु भयो । त्यसैगरी नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा बालवालिका हरुको पोषणलाई लक्षित गरी १२ पिस तौत नाम्ने मेसिन र ३० पिस मुका टेप संस्थाका अध्यक्ष एक देव देवकोटाले प्राथमिक स्वास्थ्य सेवा केन्द्र प्रमुख लक्षमण दाहाललाई हस्तान्तरण गर्नु भएको हो ।


काठमाडौं

शनिबार, बैशाख ८, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन