fbpx

नेलम्बो नेपालको ५ दिने निःशुल्क दन्त शिविर सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले तनहुँको आँबुखैरेनी गाउँपालिकाको समन्वयमा ५ दिने निःशुल्क दन्त शिविर सम्पन्न गरेको हो । उक्त शिविरमा ७ सय ९८ जनाले नाम दर्ता गराएका थिए । भने उपचारमा ६ सय ३१ जनाले लाभ लिएका छन् । बाँकी १ सय ६७ जनालाई उपचार गर्न नसकीएको हुदाँ पुनः फलोअपमा जाँदा बाँकीको पनि उपचार गर्ने नेलम्बो नेपालले जनाएको छ ।

उक्त शिविरमा दाँत भर्नेकाम १३८, दाँतको जरै देखि उपचार २८, दाँत निकाल्ने काम ४१, दाँत सफा गर्ने काम ११६, दाँतको एक्सरे ९७, दाँतमा पिप भरीएको निकाल्ने काम १ भएको हो । त्यसै गरी जरै देखि उपचार गर्ने १० जना विरामीलाई दोस्रो चरण सम्मको उपचार पनि दिईएको छ भने, बाँकी विरामीहरुलाई फलोअपमा पूर्ण उपचार दिइने छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नेलम्बो नेपाललाई आफ्नो पालिकामा सहकार्य गरी कार्य गर्न ६ महिना देखिको निरन्तर प्रयास गरेर सफल भएको बताउनुभयाे । उहाँले नेलम्बो नेपाल साच्चिकै सामाजिक कार्यमा क्रियाशिल र कार्य गर्ने संस्थाको रुपमा चिनिएका पनि बताउनुभयाे । भविष्यमा नेलम्बो नेपालसँग शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा सहकार्य गरेर कार्यहरु गर्न तयार रहेको पनि बताउनुभयाे ।

उहाँले दन्त शिविरले विपन्न परिवार जो दाँत जस्तो महङ्गो उपचार गर्न विभिन्न ठूला शहरहरुमा धेरै पैसाको जोहो गरी जानु पर्ने समस्याको समाधान गरेको र पालिका बासीहरुको आर्थिक सम्वृद्धिमा साँच्चिकै सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्नु भयो । नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपालले मुख स्वास्थ्यमा देखिएको समस्याका वारेमा आफुहरुले केही हद सम्म सहयोग गर्नलाई र सचेतना प्रदान गर्नको लागि मुख स्वास्थ्यको कार्यक्रम अधि सारेको बताउनु भयो । नेलम्बो नेपालले ५ दिन सम्म विहान ९ बजे देखि बेलुका ६ बजे सम्म सेवा दिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताउनु भयो ।

उक्त उपचारमा डा. सजिन मर्सानी, कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, डेण्टल हाइजेनिष्ट करुण गर्बुजा, डेण्टल हाइजेनिष्ट अञ्जु वि.क. प्राविधिक सुपरीवेक्षक रुपेश गुरुङ्ग, किल्नीकल सहयोगी रितिक चुवाई, फिल्ड एडमीन नम्रता ढुङ्गाना र सवारी चालक मुक्त बहादुर मालको टीम उपचारमा संलग्न रहेको थियो ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर