fbpx

नेलम्बो नेपालद्धारा माछापुच्छे ७ धम्पुसमा २ जना शिक्षक अनुदान सम्झौता

author

समाचारपाटी

४ महिना अगाडि

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले सामाुदायिक स्वास्थ्य, स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल गैर सरकारी सामाजिक संस्था ले विगत ४ वर्ष देखि धम्पुसको श्रीजनप्रिय आधारभूत विद्यालय र विगत ३ वर्ष देखि श्री उदय माध्यमिक विद्यालयमा निजि शिक्षक अनुदान सहयोग गर्दै आईरहेको छ । भने यस वर्ष पनि दुवै विद्यालयमा शिक्षक अनुदान सहयोग गरेको हो ।

उक्त दुवै विद्यालयको अनुदान सहयोग सम्झौता श्री उदय माध्यमिक विद्यालयमा एक कार्यक्रम बीच हस्ताक्षर गरिएको हो उक्त कार्यक्रममा प्रमुख अतिथि माछापुच्छे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले नेलम्बो नेपालले समाजिक उत्तर दायित्व गन्र्तरगत राम्रा कार्यक्रमहरु गरेको र यस वर्ष देखि गाउँपालिकाले नीति तथा कार्यक्रममा पनि नेलम्बो नेपालका कार्यक्रहरुलाई उच्च प्राथमिकतामा राखेर सामुदायिक स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भयो । उहाँले नेलम्बो नेपालका कार्यक्रमहरु गुणस्तरीय हुनेहुदाँ गाउँपालिकाका अन्य क्षेत्रमा पनि काम गर्न सुजाब दिनु भयो । त्यसै गरी माछापुच्छे गाउँपालिका वडा नं. ७ का अध्यक्ष बैकुष्ठ प्रसाद भण्डारीले नेलम्बो नेपालले वार्षिक १८ देखि २० लाखका योजनाहरु आफ्नो वडाहरुमा सञ्चालन गरेको हुदाँ नेलम्बो नेपालसँग निरन्तर सहकार्य गरीकार्यक्रमहर सञ्चालन गर्ने पनि बताउनु भयो ।

उहाँले शिक्षा र स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा जहाँ राज्यले नै पूर्ण अपन्त्व लिनु पर्ने ठाउँमा नेलम्बो नेपाल सहयोगी संस्थाको रुपमा रहेको र गाउँमा दम रोगको समस्या बढी भएको र दम रोगका विरामीहरुलाई अक्सिजन आवश्यकता पर्ने भएको हुदाँ नेलम्बो नेपालसँग १ थान अक्सिजन कन्सन्ट्रेटर माग गरेको र नेलम्बो नेपालले केही दिनमै उपलब्ध गराउने खबर पाएकोमा खुशी व्यक्त गर्नु भयो । संस्थाका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपाल स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा माछापुच्छे गाउँपालिका आफ्नो उद्गम थलो रहेको र यसलाई कार्यक्षेत्र बनाएर निरन्तर काम गर्न पाउँलदा खुशि व्यक्त गर्नु भयो । उहाँले आवश्यकताका आधारमा संस्थाले विद्यालय तथा समुदायमा अन्य थप कार्यक्रमहरु पनि सञ्चालन गर्दै जाने पनि बताउनु भयो ।

उक्त कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोख्रेलले नेलम्बो नेपालले उल्लेखनीय कार्यहरु गरेको र आगामी वर्षहरुका नेलम्बो नेपालसँग थप सहकार्य गर्ने बताउनु भयो । त्यसै गरीविद्यालयका प्रधानाध्यपक धन बहादुर क्षेत्रीले संस्थाले हाल सम्म गरेको क्रियाकलापहरुको सारांश प्रस्तुति व्यक्त गर्नु भयो । जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक चुडामणीभण्डारीले नेलम्बो नेपाल हरेक दुःख साथ दिँदै आएको स्मरण गर्नु भयो । साथै उक्त शिक्षक सम्झौता कार्यक्रमको जानकारी संस्थाका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले प्रस्तुत गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष यम माया वि.क.को सभापतित्वमा भएको कार्यक्रम सच्चालन शिक्षक अमृत कुमार भण्डारीले गर्नु भएको थियो ।


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन