सरकार र आन्दोलनरत यातायात मजदुरबीच वार्ता सुरु

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सरकार, आन्दोलनरत यातायात व्यवसायी र मजदुरबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता सुरु भएको हो ।

ट्राफिक नियम मिचेबापतको जरिबाना बढाएको र पाँच पटकसम्म गल्ती गर्दा लाइसेन्स नै खारेज हुने नयाँ नियमको विरोधमा यातायात व्यवसायी र मजदुरले आन्दोलन गरेका छन् । हिजो उनीहरुले काठमाण्डौको नयाँ बसपार्क, बालाजु, गोङ्गबु, माछापोखरी लगायतका ठाउँमा सडकमा गाडी तेर्स्याएर आन्दोलन गरेका थिए ।

आन्दोलन अनियन्त्रित बन्दा काठमाण्डौको नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले बाटो खुलाउन बल प्रयोग गर्दा हिजो पटक पटक झडप भएको थियो । झडपमा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो भने प्रदर्शनकारीले ढुङ्गा हानेका थिए ।

आन्दोलनकारीले प्रहरीको गाडी जलाउनुको साथै अस्थायी पोष्ट समेत भत्काएका थिए । झडपमा केही प्रहरी पनि घाइते भएका थिए । ट्राफिक प्रहरीले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म गाडी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका उनीहरुले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै गाडी नचलाउने घोषणा गरेका थिए । उनीहरुको आन्दोलनका कारण काठमाण्डौ उत्यकामा आज कम गाडी चलेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी गाडी हिजो अस्तिकै सङ्ख्यामा चले पनि सार्वजनिक गाडीको संख्या आज कम रहेको जनाएको छ । यातायात व्यवसायी र मजदुरको आन्दोलनका कारण यात्रु मारमा परेका छन् । सामाजिक सञ्जालमा आन्दोलनको विरोध र आलोचना भइरहेको छ ।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन