fbpx

स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरु आमरण अनसनमा

author

समाचारपाटी

२ महिना अगाडि

नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरु अनसन बसेका छन् ।

विद्यार्थी नेताहरुले स्थगित बन्दसत्र मंसिरको २३ गते सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा मंगलवार अनसन शुरु गरेका हुन् । स्थगित बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न पार्टीले निर्देशन दिएको भएपनि पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस शुरु भएको भन्दै अखिल क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष तथा केन्द्रिय कार्यालय प्रमुख केशव रावलसहित विद्यार्थी नेताहरुले अनसन शुरु गरेका हुन् । सम्मेलनको स्थगित प्रक्रिया शुरु गर्न तीन हप्ता समेत बाँकी नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी नगर्दा सम्मेलनको बन्दसत्र झन अनिश्चित भएको अखिल क्रान्तिकारीका निःवर्तमान केन्द्रिय उपाध्यक्ष रावलले बताउनु भयो । उहाँले सम्मेलनको बन्दसत्र मंसिर २३ मै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरु गरेको बताउनु भयो । उहाँकाअनुसार स्थगित बन्दसत्रको बाँकी प्रक्रिया पूर्वनिर्धारित समयमै गर्न र नेतृत्व चयन समेत प्रतिनिधिले निर्वाचन प्रक्रियाबाट गर्न अनसनरत विद्यार्थीको माग छ । 

उहाँले भन्नुभयो, ‘सम्मेलनका लागि तीन हप्ताको समय समेत नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी गरिसकेपछि सम्मेलनको बन्दसत्र झन अनिश्चित भइसकेपछि हामीले सम्मेलनको बन्दसत्र मंसिर २३ मै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरुवात गरेका छौँ । सम्मेलनका लागि तीन हप्ताको समय समेत नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी गरिसकेपछि सम्मेलनको बन्दसत्र झन अनिश्चित भइसकेपछि हामीले सम्मेलनको बन्दसत्र मंसिर २३ मै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरुवात गरेका छौँ । अनसनमा बस्नेहरुमा केन्द्रिय सदस्य खगेन्द्र रावल, केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्षसहित हामी तीन जना आमरण अनसनमा बसेका छौं । पार्टीलाई हाम्रो मुख्य अनुरोध भनेको बन्दसत्र मंसिर २३ मै शुरु होस् र नेतृत्व निर्वाचन प्रक्रियाबाट नै तोकियोस् भन्ने हो । नेतृत्व चयन नाम सिफारिस गरेको आधरमा हुने अवस्था छैन । प्रतिनिधि साथिहरुले नेतृत्व छनोट गर्न पाउनुपर्दछ । यसका लागि पार्टीले सर्कुलर गर्नुपर्दछ भन्ने हाम्रो मुख्य माग हो । यदि पार्टीले सम्मेलनको बन्दसत्र मंसिर २३ मै गर्ने र नेतृत्व चयन उपस्थित प्रतिनिधिले गर्न पाउनेगरि सर्कुलर जारी गरेको अवस्थामा हामी अनसन अन्त्य गर्नेछौं ।’ 


पार्टी कार्यालयमा आमरण अनसन बस्नेहरुमा रावलसहित निःवर्तमान केन्द्रिय सदस्य जनक ढुंगाना र निःवर्तमान केन्द्रिय सदस्य खगेन्द्र रावल रहनुभएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

१८.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन