‘एनसेल शेयर किनबेच प्रकरणमा मेरो र छोरीको नाम जोड्नु गणतन्त्र बिरुद्धको हमला’:- प्रधानमन्त्री दाहाल

author

समाचारपाटी

१ year अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताउनुभएको छ । 

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको बताउनुभएको हो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिवद्धता गरेअनुसार काम गर्न नसकेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले आफूले नेपालको अन्तर्राष्ट्रिय छविलाई पनि माथि उठाएको दाबी गर्नुभयो । आफू नेपालको कुटनीतिक अवस्था, सन्तुलन र राष्ट्रिय हितलाई केन्द्रमा राखी आक्रमक ढंगले अगाडी बढेको पनि उहाँको भनाई छ । 
उहाँले भन्नुभयो – ‘यदि माननीय सदस्यहरुले सबै काण्ड उस्तै हुन् । सबै मान्छे उस्तै हुन् । सबै नेता उस्तै हुन् भन्नुभयो भने त सडकमा अथवा सोसल मिडियामा चाहिने नचाहिने कुरा गरेर संघीयता, गणतन्त्र, लोकतन्त्रका बिरुद्ध गालि गरेर, अराजकता श्रृष्टि गर्नेको भाषा र हाम्रो भाषा उस्तै उस्तै भयो भने त्यसले के हामी सिस्टमको पक्षमा हुन्छौँ त ? हामीले सिस्टमलाई मद्दत गरेका हुन्छौँ कि जानी, नजानी त्यही प्रवृत्तिलाई प्रोत्साहित गरेका हुन्छौँ भन्ने पनि हामी सबैले सोच्ने हो कि ? मेरो हार्दिक अनुरोध माननीय सदस्यहरुलाई । सबै काण्ड एउटै होइनन् । मलाई अरु केही गर्नुछैन । र मैले जति चाहेको छु त्यति गर्न अझै सकेको छैन । पाएको छैन भन्ने कुरा पनि मैले पब्लिक्ली भनेको छु । सुशासनको पक्षमा या सामाजिक न्यायको पक्षमा या समृद्धिका पक्षमा । मेरो यो पटकको आकांक्षा, मेरो प्रतिवद्धताअनुसार अझ मैले सकेको छैन । पाएको छैन भन्ने चिन्ता छ मलाई । अझ धेरै भ्रष्टाचारमाथि हान्न मन छ मलाई । अझ माफिया माथि हान्न मन छ मलाई । अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि मेरो ठाउँबाट त मैले बेस्सरी पहल गरेँ भन्ने छ । म त्यसमा सन्तुष्ट पनि छु । चाहे भारत होस् । चाहे चीन होस् । चाहे इटाली, अमेरिका वा राष्ट्रसंघ । मैले नेपालको कुटनीतिक अवस्थालाई, सन्तुलनलाई र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नयाँ ढंगले, आक्रमक ढंगले गएकै छु म भने यो पनि उस्तै हो भनेर तपाईहरुले भनिदिनु भयो भने को चाहीँ आएर के चाहीँ हुन्छ त फेरि ? हामी पनि सबै साक्षि त छौ नि त यहीँ ।’ 

प्रधानमन्त्री दाहालले विभिन्न प्रकरणहरुको प्रकृतिअनुरुप कारबाही प्रक्रिया पनि अगाडी बढाइएको बताउनु भयो ।

एनसेल शेयर किनबेच प्रकरणमा मेरो र छोरीको नाम जोड्नु गणतन्त्र बिरुद्धको हमलाः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्र बिरुद्धको हमला भएको बताउनुभएको छ । 


मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको बताउनुभएको हो । उहाँले कतिपय मानिसहरु आफूलाई ‘ह्युमुलेट’ र ‘डिप्रेश’ नगरेसम्म व्यवस्था उल्टिँदैन भनेर त्यही ढंगले लागेका बताउनु भयो । उहाँले एनसेल प्रकरणमा आफ्नो परिवारमाथि लगाइएको आरोप झुठो भएको बताउनु भयो । उहाँले लगाइएको आरोपहरु सावित नहुने पनि बताउनु भयो । उ
हाँले भन्नुभयो – ‘म सँग जोडेर प्रचार गिरिजाबाबुले धमिजा काण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणाबढी भ्रष्टाचार गरेको छ । त्यो साँचो भएको भए त म बाँच्नै नसक्ने हुन्थ्यो । त्यो झुठो हो भन्ने मलाई थाहा भएपछि त म ढुक्क छु ४८०, ५००, १००० बढी भनेपनि त्यो सावित हुनेवाला छैन । अब मेरो परिवारका सदस्य घट्दै गएर ३ जना भएका छौँ । त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ । एउटा छोरी छ, विचरा त्यो कस्ती छ तपाईहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ । उचालेको छ । भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो । म स्पष्ट छु त्यसमा । किनकी प्रचण्डलाई नराम्रोसँग ह्युमुलेट नगरेसम्म र डिप्रेश नबनाएसम्म यो उल्टिने भएन भन्ने छ नि त एकथरीलाई ।’

प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरुलाई आफूले चिनेको भएपनि कानून, संविधान र प्रणालीको बिरुद्धमा गए नछोड्ने बताउनु भयो । चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उहाँको भनाई छ । 

एनसेलले आफ्नो स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण नगर्ने नियत राख्योः प्रधानमन्त्री 
प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर किनबेच प्रकरणमा गडबढी देखिएको बताउनुभएको छ । 


मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले एनसेल शेयर किनबेच प्रकरणमा पहिलो दृष्टिमै गढ्बढी देखिएको बताउनुभएको हो । उहाँले सो प्रकरणमा जालझेल भएको कुरामा आफू स्पष्ट रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७२÷०७३ को भ्यालुएसन १४३ अर्ब हुँदा अहिलेको भ्यालुएसन २०० अर्बको हुनुपर्ने भन्दै ६ अर्बको भ्यालुएसन गर्नु जालझेल भएको बताउनु भयो । एनसेलले आफ्नो स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण नगर्ने नियत राखेको पनि उहाँले बताउनु भयो । प्रधानमन्त्री दाहालले कानूनी छिद्रलाई टाल्ने र एनसेल बिरुद्धको लडाइँमा जुनसुकै मूल्य चुकाउनका लागि पनि आफु तयार रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘एनसेल प्रकरणमा अघिल्लो पटक प्रधानमन्त्री हुँदा मैले कर तिर्नैपर्छ भनेर लडेको हो । लेखा समितिमा म आफैँ गएको छु र मैले यो कर तिर्नैपर्छ भनेर लडेको हो म । यो कुरा स्मरण होस् । र तिराइएको हो । त्यही विषयमा मुद्दा प¥यो । र त्यो मुद्दा लड्नका लागि नेपालले जित्न सक्छ भन्ने स्थापित भयो । नेपालले जित्यो झन्डै त्यो जितबाट हाम्रो ६५ अर्ब जोगियो नेपालको । त्यो जोगाउने नेताहरु मध्ये, म मात्रै भन्दिन म । एउटा प्रमुख म हो । अहिले यहाँ जालझेल भएकै छ भन्ने हो मेरो । मैले हेर्दा यहाँ गडबढ नै भएको छ । पहिलो दृष्टिमै गडबढ छ । कर छल्ने पनि छ । स्वामित्व हस्तान्तरण नगर्ने नियत पनि देखिन्छ । १४३ अर्बको लाई ६ अर्बमा बिक्री गर्ने कुरा छ । मलाई विज्ञहरुले अहिले त २०० अर्ब हुनुपर्छ त्यो भ्यालुएसन त भन्नुभएको छ । अहिले ६ अर्बमा बिक्री गर्ने कुरा छ यो कहीँपनि पारदर्शी र प्राकृतिक छैन भनेको हुनाले नै आउँदा आउँदै बाटैबाट निर्देशन जारी गरेको हो । ०७२÷०७३ को १४३ अर्ब त अहिले २०० अर्बको भ्यालुएसन हुनुपर्छ । त्यसकारण त्यहाँ पनि जालझेल छ । हस्तान्तरण नगर्ने नियतले काम गरेको छ । मुख्य चाहीँ । त्यसकारण यसलाई हरहालतमा हस्तान्तरण गराउन हामी सबैले संकल्प लिऔँ । म जुनसुकै मूल्य चुकाउन पनि तयार छु । कानूनको छिद्रहरुलाई टालौँ हामी सबै मिलेर । कानूनी लडाई नलडी पनि हुँदैन । नेपालले जित्न सक्छ ।’

प्रधानमन्त्री दाहालले विगतमा आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि एनसेललाई कर तिराएको स्मरण गराउनु भयो । त्यसबेला नेपालले मुद्दा जितेर नेपालको ६५ अर्ब जोगिएको उहाँको भनाई छ ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन