fbpx

नवलपरासीमा बाढीको समस्या समाधान गर्न गुरुयोजना बनाइ काम गरिरहेको छुः विनोद चौधरी

author

समाचारपाटी

१ year अगाडि

नेपाली काँग्रेसका सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बाढीको समस्या समाधानका लागि आफूले मास्टर प्लान बनाएर काम गरिरहेको बताउनुभएको छ । 

बुधवार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत वडा न. १ भिठ्ठा बर्गदवामा १०८ शतचण्डी महायज्ञको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुस्ता—बर्दघाटमा ६ वटा नदीमा बाढीको समस्या रहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गुरु योजना बनाइ काम गरिरहेको बताउनु भयो । उहाँले अहिले आगामी आर्थिक वर्षको बजेटमा सो क्षेत्रको समस्या समाधानका लागि सो योजना पार्न अर्थमन्त्रालयमा प्रयास जारी राखेको बताउनु भयो । २ अर्ब ६० करोड लगभगको सो बजेटलाई मूर्त रुप दिनसके ४ वर्षमा सो क्षेत्रबाट बाढीको प्रकोपबाट जनता मुक्त हुने बताउनु भयो । यसअघि बाढीको समस्या समाधान गर्नुभन्दा समस्यालाई डरलाग्दो बनाइराखेर राजनीति गर्ने काम भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘तपाईहरुले यो प्रोसेसको थालनी गर्नुस्, आदरणीय, मान्य सन्तीजहरु यहीँ नै हुनुहुन्छ । यो एउटा ठूलो सोचका साथ मास्टर प्लान बनाउँ । त्यसपछि प्रदेशको तहमा पनि जान्छौँ । ४० औं वर्षसम्म यो क्षेत्रको सुस्ताको यहाँको आंशिक रुपमा बर्दघाटका केही क्षेत्रको डुबानलाई एउटा राजनीतिक मागि खाने भाँडोको रुपमा नेताहरुले प्रयोग गरेका थिए । कहिले पनि त्यसलाई एउटा समग्र सधैँको लागि समाधान हुने सोच अघि सार्न सकेनन् । र चाहेनन् । मलाई पनि निर्वाचनको क्रममा आउँदा त्यो नछुनु है ? हात नहाल्नुस्, भन्थे । यो संवेदनशील छ, फलानो फलानो देश रिसाउँछ, त्यो सब बेकारको हो । मानिसलाई कमजोर बनाइराखेर राजनीति गर्ने काम मात्र हो यो । किसान, जनतालाई कमजोर बनाउने । एक वर्षको दौरानमा हामीले यहाँका ६ वटा खोलाको बाढी समाधानका लागि बाहिरका इन्जिनियरहरुलाई बोलाएर अहिले एकीकृत मास्टर प्लान तयार भएर बजेटलाई अघि बढाउने काम भएको छ । अर्को सालको बजेटमा त्यो २ अर्ब ६० करोड लगभगको त्यो बजेटलाई मूर्त रुप दिनसके ४ वर्षभरमा यो क्षेत्रबाट बाढीको प्रकोपबाट जनता मुक्त हुनेछन् ।’ 

श्री बाउन्नगढी काली मन्दिर संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले श्री शतचण्डी महायज्ञ आयोजक मुल समितीद्वारा आयोजित महायज्ञमा भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहेको छ ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन