fbpx

‘जलविद्युतको फाइनान्सिङमा ठूलो भूमिका छ’:- नवराज अधिकारी

author

समाचारपाटी

२ महिना अगाडि

नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक नवराज अधिकारीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन अगाडि बढ्ने बताउनुभएको छ ।

महिला आर्थिक पत्रकार संघ (फेजा) ले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा अन्तर्गतका सार्वजनि लेखा र अर्थसमितिले दिएको निर्देशन कार्यान्वयनको लागि बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनका लागि समिति गठन गरेको बताउनु भयो । उहाँले समितिहरुले आइपीओ निष्कासनमा बेथिति भएको भन्दै ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै प्राथमिक शेयर जारी गर्न दिनेगरी कार्य सम्पादन गर्न बोर्डलाई निर्देशन दिएकाले बोर्डले आइपीओबारे कुनै निर्णय लिन नसकेको बताउनु भयो । उहाँले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई प्राथमिक शेयर जारी गर्न नदिन निर्देशन दिएको तर बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भने त्यस्तो व्यवस्था नभएको बताउनु भयो । उहाँले समितिको निर्देशन कार्यान्वयनको लागि नियमावली संशोधनको तयारीमा बोर्ड रहेको बताउनु भयो । उहाँले बोर्डले नियमावली संशोधन गरेपछि मात्रै ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीको आइपीओ स्वीकृतका लागि काम अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ जलविद्युतको फाइनान्सिङमा ठूलो भूमिका छ । धितोपत्र बजारमा २६७ कम्पनी मध्ये ९२ वटा जलविद्युत आयोजनाहरु छन् । अहिले आईपीओका लागि पाइपलाइनमा भएका ४३ वटा कम्पनीहरु छन् । जुन जलविद्युतका नै छन् । जलविद्युत आयोजनाका विगतमा आइपीओमा भएका समस्या आएको कारण सार्वजनिक लेखा र अर्थसमितिबाट पनि कन्सन देखाएर निर्देशन समेत जारी हुँदा निर्देशन अनुसार कानूनी सुधारको आवश्यकता भएको छ । बोर्डले नियमावली सुधार गर्नुपर्ने भएकाले नियमावली सुधार गर्ने काम भइरहेको छ । नियमावलीमा सुधार भएपछि रोकिएका जलविद्युत परियोजनाका आइपीओहरु अगाडि बढ्छन् । नेटवर्थ ९० भन्दा माथि हुनुपर्ने नियमावलीमा छैनन् । समितिहरुबाट निर्देशन भएकाले बोर्डले सुधार गर्नुपरेको छ । नियमावली सुधार भएपछि मात्रै स्वीकृत हुनसक्ने हुन्छ । निर्देशन भएपनि बोर्डको नियमावलीमा संशोधन हुनुपर्छ । बोर्डको नियमावली संशोधनको प्रक्रियामा छ ।’


गत वर्षको पुस १२ गते बसेको लेखा समितिको बैठकले ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै प्राथमिक शेयर जारी गर्न दिन निर्देशन गरेको थियो । निर्देशनको कारण एक वर्षदेखि नेपाल धितोपत्र बोर्डमा झन्डै ३ दर्जन कम्पनीहरुको आइपीओ प्रक्रिया अड्किएर बसेको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन