fbpx

विभिन्न कार्यक्रम गरी मनाइयो बालकृष्ण समको १२२ औं जयन्ती

author

समाचारपाटी

४ महिना अगाडि

नाट्यसम्राट बालकृष्ण समको १२२ औं जयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बुधवार काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरेर उहाँको स्मरण गरिएको हो । समलाई स्मरण गर्दै वरिष्ठ साहित्यकार बैरागी काईंलाले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्त प्रतिभाशाली व्यक्तित्व नपाएको भए नेपाली साहित्यको आजको विकास हुन नसक्ने बताउनु भयो । उहाँले नेपाली सािहत्यलाई उन्नत गराउन मात्रै नभइ विविध विधामा फलयुक्त बनाउन र विश्व समुदायमा चिनाउन नाट्य सम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले सम नेपाली भाषामा गहन, दार्शनिक, आध्यात्मिक र देशप्रेमले ओतप्रोत, सामाजिक भेदभावलाई शक्तिशाली रुपमा लैख्न सक्ने शाहस भएको व्यक्ति रहनुभएको भन्दै स्मरण गर्नुभयो ।

बालकृषण सम नेपाली साहित्यमा नाटकका शिखर व्यक्तित्व हुनुहुन्थ्यो । समले नाटकमा मात्र सीमित नभइ कविता, काव्य, महाकाव्य र चम्पु काव्यमा पनि कीर्तिमानी रचनाहरु गर्नुभएको छ ।  उहाँका नाटक विधाका रचनाका अतिरिक्त “मृत्युपछिको अभिव्यञ्जना” जस्ता कविता, “आगो र पानी” जस्ता काव्य, “चिसो चुल्हो” जस्तो महाकाव्य, “मेरो कविताको आराधना” जस्ता चम्पूकाव्य नेपाली वाङमयका सर्वकालिक निधि हुन् । उहाँको अभुतपूर्व नाट्य लेखन, लेखन शैली र योगदानले गर्दा नेपाली सेक्शपियरको उपमाले पनि विभूषित गर्ने गरिन्छ ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन