fbpx

साविक विजेता एपिएफ र न्यु डायमन्ड राष्ट्रिय महिला भलिबल प्रतियोगिताकाे फाईनलमा

author

समाचारपाटी

२ years अगाडि

साविक विजेता एपिएफ र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लब छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेका छन् । ४ टिमको सहभागिता रहेको प्रतियोगितामा दुवै टोलीले समान २ खेलमा जित हात पार्दै ६–६ अंकका साथ उपाधी भिडन्त पक्का गरेका हुन् ।

शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा साविक विजेता एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–२१, २५–१५ को सहज जित हात पार्यो । पहिलो दिनको खेलमा सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाइ ३–० ले पराजित गर्दै ३ अंक बटुलेको एपिएफले ६ अंक बनाउन सफल भयो । एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच घोषित भईन् । उनले नगद १० हजारका साथै ट्रफी प्राप्त गरिन् ।

यस्तै दोश्रो खेलमा पहिलो दिन आर्मीलाई पराजित गर्दै ३ अंक जोडेको न्यु डायमन्डले नेपाल पुलिसलाई ३–१ सेटले पराजित गर्दै ६ अंकका साथ फाईनल प्रवेश गरेको हो । अव उपाधीका लागि डायमन्डले साविक विजेता एपिएफको सामना गर्ने छ । पहिलो सेट २२–२५ ले पुलिसलाई सुम्पेको डायमन्ड बाँकी तीन सेट २५–१५, २५–२२ र २५–१९ ले जित्दै फाईनल यात्रा तय गरेको हो । न्यु डायमन्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित हुदै नगद १० हजार सहित ट्रफी प्राप्त गरिन् । राउण्ड रोविन लिगको अन्तिम खेल भोलीे एपिएफ र न्यु डायमन्डविच पहिलो खेल १ बजे र दोश्रो खेल आर्मी र पुलिस विच ३ः३० बजे हुनेछ ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन