राष्ट्रिय महिला कबड्डीको सेमिफाइनल समीकरण पूरा

author

समाचारपाटी

१ महिना अगाडि

विभागीय टोलीहरू त्रिभूवन आर्मी, नेपाल पुलिस र एपिएफसँगै सुदूरपश्चिम प्रदेश राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २० औं संस्करणमा सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा समूह ‘ए’ बाट आर्मी र पुलिस तथा समूह ‘बी’ बाट एपिएफ र सुदूरपश्चिमले सेमिफाइनल यात्रा पक्का गरेका हुन् । अब सेमिफाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशसँग र पुलिसले एपिएफसँग प्रतिष्पर्धा गर्नेछन् । चार टोली रहेको समूह ‘ए’ मा आर्मी र पुलिसले समान तीन जित निकाले । पुलिसले चार खेलमध्ये आर्मीसँग नै हार बेहोरेको थियो । शनिवार भएका खेलमा आर्मीले पहिलो खेलमा कोसी प्रदेशलाई ७३–१३ र दोस्रो खेलमा कर्णाली प्रदेशलाई ५२–१२ अंकले हरायो ।

पहिलो खेलमा आर्मीका गंगा घिमिरे र दोस्रो खेलमा नानुमाया पराजुली प्लेअर अफ दी म्याच भए । पुलिसले भने पहिलो खेलमा कर्णाली प्रदेशलाई ३६–२२ र दोस्रो खेलमा गण्डकीलाई ३६–१६ अंकले हरायो । यी दुवै खेलमा पुलिसकी मानमती बिष्ट प्लेअर अफ दी म्याच घोषित भइन् । पुलिसले शुक्रवार कोशीमाथि पनि जित निकालेको थियो । त्यो खेलमा पनि मानमति नै उत्कृष्ट भएकी थिइन् । यस समूहमा पहिलो दिन कर्णालीले दुई जित निकाल्दै सुखद् शुरुवात गरेको थियो । तर शनिवार दुई खेल गुमाएपछि सेमिफाइनल सम्भावना सकिएको हो । 

चार टोली रहेको समूह ‘बी’ बाट एपिएफले पनि तीन जित निकालेको छ । एपिएफले पहिलो खेलमा वागमती प्रदेशलाई ३६–१६ र दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ४३–१५ अंकले हरायो । एपिएफको पहिलो जितमा रबिना चौधरी र दोस्रो जितमा आसिका कुँवरले उत्कृष्ट प्रदर्शन गरे । उनीहरू प्लेअर अफ दी म्याच पनि भए । एपिएफले पहिलो दिन सुदूरपश्चिम प्रदेशलाई हराएको थियो । यसै समूहबाट शनिवार सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनीलाई ४३–३८ र दोस्रो खेलमा मधेस प्रदेशलाई २४–१२ अंकले हराउँदै तेस्रो जित जित निकालेको हो । 

शनिवार सुदूरपश्चिमको दुई जितमा श्रृजना धानुक र मनीषा जोशी प्लेअर अफ दी म्याच भए । शुक्रवार सुदूरपश्चिमले बागमतीलाई हराउँदा एपिएफसँग भने नतिजा सुम्पिएको थियो । अब आईतवार लिग चरणका दुई खेलसँगै सेमिफाइनल र उपाधि छिनोफानो पनि हुने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिए । शनिवार नै भएको अन्य खेलमा वागमतीले मधेस प्रदेशलाई ४१–१५ र गण्डकीले कोशीलाई ३७–३३ अंकले हराए । समूह ‘ए’ मा नेपाल आर्मी, नेपाल पुलिस, कोशी, कर्णाली र गण्डकी प्रदेश छन् ।

अर्को समूह ‘बी’ मा एपिएफ, सुदूरपश्चिम, वागमती, लुम्बिनी र मधेश प्रदेश छन् । प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउने अखिल नेपाल कबड्डी संघले जनाएको छ । उत्कृष्ट रेडर र डिफेन्डरले ४० इन्चको टिभी पाउनेछन् । यस प्रतियोगिताबाट जुनमा हुने विश्वकपका लागि खेलाडी छनोट गरिने भएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन