राष्ट्रिय महिला कबड्डीमा कर्णालीको दुई जित

author

समाचारपाटी

१ महिना अगाडि

कर्णाली प्रदेशले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २० औं संस्करणमा पहिलो दिन दुई जित निकालेको छ । 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा कर्णालीले गण्डकी र कोशी प्रदेशलाई हराएको हो । पहिलो खेलमा कर्णालीले गण्डकीलाई ५१–२६ स्कोरले हराएको थियो । उक्त खेलमा कर्णालीकी विनिता पण्डित प्लेअर अफ दी म्याच भइन् । दोस्रो खेलमा पनि कर्णालीले कोशीलाई ५९–२९ ले हरायो । उक्त खेलमा पनि विनिता नै प्लेअर अफ दी म्याच भइन् । विभागीय डर्बीमा त्रिभूवन आर्मी क्लवले नेपाल पुलिस क्लवलाई २७–२१ को साँघुरो अन्तरले हरायो । उक्त खेलमा गंगा घिमिरेले उत्कृष्ट प्रदर्शन गरिन् । दोस्रो खेलमा भने पुलिसले जित निकाल्यो ।

मानमति बिष्टको कप्तानीमा रहेको पुलिसले कोशीलाई ५८–२७ अंकले हरायो । यो खेलमा मानमती नै प्लेअर अफ दी म्याच घोषित भइन् । अर्को विभागीय टोली एपिएफले पनि विजयी सुरुआत ग¥यो । एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ६५–२४ को फराकिलो जित निकालेको हो । अन्य खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ४२–३२ अंक, सुदूरपश्चिमले वागमतीलाई ३३–२९ र वागमतीले लुम्बिनीलाई ४२–३४ अंकले हराए । १० टोली सहभागी प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको विजेताले दुई लाख,उपविजेताले एक लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउने अखिल नेपाल कबड्डी संघले जनाएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन