राष्ट्रिय महिला कबड्डीमा एपिएफ च्याम्पियन

author

समाचारपाटी

१ महिना अगाडि

विभागीय प्रतिद्वन्द्वी हराउँदै एपिएफले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २०औं संस्करणको उपाधि उचालेको हो । 
आईतवार सम्पन्न फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि २८–२२ अंकले हराउँदै उपाधि जितेको हो । निकै रोमाञ्चक भएको फाइनलमा आर्मीले खेल सकिन केही समय मात्र बाँकी छँदा अग्रता लिएको थियो । आर्मीले २०–१७ अंकले अग्रता लिए पनि जोगाउन नसक्दा नतिजा सुम्पिन पुगेको हो । एपिएफले आर्मीकी रेडर गंगा घिमिरेलाई रोक्दै खेलमा फर्किने प्रयास गरेको थियो र सफल पनि भयो । उनलाई उत्कृष्ट ट्याकल गर्दै एपिएफले २०–२० को बराबरी गर्यो । यहाँबाट एपिएफले अग्रता लिँदै आर्मीमाथि पूर्ण दबाब पनि बनायो । यो अग्रता कायम राख्दै आर्मी जित निकाल्न सफल भयो ।

त्यसअघि आइतबार नै भएको दोस्रो सेमिफाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३३–२८ अंकले हराउँदै उपाधि भिडन्त तय गरेको हो । आर्मीले भने सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ४२–१८ अंकले सहजै हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको विजेता एपिएफले दुई लाख, आर्मीले एक लाख र सेमिफाइनलमा पराजित भएका पुलिस र सुदूरपश्चिम प्रदेशले समान ५० हजार रुपैयाँ पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघका पदाधिकारीले पुरस्कृत गरेका थिए ।

यस प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशले प्रतिस्पर्धा गरेका थिए । यस प्रतियोगिताबाट जुनमा हुने विश्वकपका लागि खेलाडी छनोट गरिने भएको छ । प्रतियोगिताको उत्कृष्ट रेडर पुलिसकी मानमती बिष्ट र उत्कृष्ट डिफेन्डर एपिएफकी जयन्ती बडू भइन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन