fbpx

तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा सुरेश र दिलको जोडी फाईनलमा

author

समाचारपाटी

२ years अगाडि

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भईरहेको तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका दिल बहादुर कदङ्गवाको जोडी उपाधी नजिक पुगेका छन् । सुरेश र दिलको जोडीले एपिएफका बलराम लामिछाने र प्रेम कुमार श्रेष्ठको जोडीलाई २१–१७, २१–८ को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । यस्तै अर्को सेमिफाईनलमा नखिपोट युथ क्लबका पुर्ण बुढाथोकी र कुमार राईको जोडीले संघर्षपूर्ण खेलमा किर्तिपुरका पुर्ण चन्द्र जोशी र राजु महर्जनको जोडीलाई २१–१५, १८–२१, २१–१९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन ।

पुरुष डबल्स ३५ बर्ष माथिको स्पर्धामा दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडी चितवनका बिद्वान गुरुङ्ग र किरण लामाको जोडीलाई २०–२२, २१–११, २१–१९ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरे । कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले मानभवन ब्याडमिन्टन क्लबका आकाश छन्त्याल र न्यू बि एस का नारायण गौतमको जोडीलाई २१–१७, २१–१४ ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाए । बालकुमारी रिमिक्स क्लबका भुवन श्रेष्ठ र दिपन महर्जनले एपिएफका ईन्द्र महता र धिरेन चन्द को जोडीलाई २१–१२, २१–१३ ले तथा पुलिसका बिष्णु कटुवाल र शम्भु कुमार श्रेष्ठको जोडीले मध्यपुर ब्याडमिन्टन क्लबका नवराज भण्डारी र शालिक गौतमको जोडीलाई २१–६, २१–१६ ले पराजित गर्दै सेमिफाईनमा भेट पक्का गरे ।

यु–१९ तर्फको खेलमा एपिएफका क्षितीज खनालले आर्मीका सन्तोष पनेरुलाई २१–१७, २१–१५ ले पराजित गर्दै अन्तिम ४ को यात्रा तय गरे । सेनाका डेभिड थापा मगर र अनिल मल्ल विच भएको प्रतिस्पर्धामा डेभिडले बाजी मारे । डेभिडले २१–८, २१–१२ को जित निकालेका हुन् । यस्तै सेनाकै हिमाल चन्द र कविर केसी विचको खेलमा हिमाल चन्दले जित हात पारे । चन्दले २२–२४, २१–१७, २१–१५ को सेटमा जित निकालेका हुन् । सेनाका नरेन्द्र बम र रोशन चन्दविच भएको खेलमा नरेन्द्र बमले २१–१९, २१–१७ को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरे । प्रतियोगिताको सेमिफाईनल विहान ८ः३० बजे बाट हुने प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्यले बताए ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर