राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४ देखि २६ गतेसम्म ल्होछार मेला गर्ने भएकाे छ । संघले विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्जुश्री सम्बत २८६० डुक ल्हो सोनाम ल्होछार तमु ल्होछार र २५५१ औं ग्याल्पो ल्होछारको शुभ अवसरमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०८० आयोजना गरिने जानकारी दिएकाे हाे ।
तामाङ समुदायकाे ल्हाेछार पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि यसकाे महत्व र औचित्यबारे जानकारि दिने गरि मेलाकाे आयाेजना गरिएकाे राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङले बताउनुभयाे ।