fbpx

राष्ट्रिय खेलकुद परिषदद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित

author

समाचारपाटी

३ हप्ता अगाडि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेम्समा रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मीलाई सम्मान गरेको छ ।  भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधवार राखेपले आफ्नो ६१ औं वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गरेको हो । दुवै समान एक लाख नगद पुरस्कारसहित सम्मानित भए । जुनियरतर्फ पुरुष क्रिकेटका दीपेश कँडेल र महिलामा एथ्लेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए । राखेपले दुवैलाई समान ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । पारातर्फको पुरस्कार पेरिस पारालिम्पिक र चौथो पारा एशियन गेम्सकी ऐतिहासिक काँस्य पदक विजेता पलेशा गोवद्र्र्धनले प्राप्त गरिन् । 

उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । सोही अवसरमा राखेपले पलेशााका प्रशिक्षक कविराज नेगी लामा र आमाबुबालाई पनि कदरपत्रसहित सम्मान गरेको थियो । यता, करातेकी एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठले भने राखेपको करार प्रशिक्षकतर्फ पुरस्कार पाए । उनलाई नगद १० हजार रुपैयाँसहित राखेपले सम्मान गरेको हो । वर्ष उत्कृष्ट पत्रकारको अवार्ड नागरिक दैनिक पत्रकार अनिल मल्ल ठकुरी र अनलाइन खबरकी पत्रकार नमिता दाहालले प्राप्त गरिन् ।

राखेपले वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रसाशनिकतर्फ पनि उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । यस वर्षको सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए । यसै विधाको प्रशासनतर्फ हीराप्रसाद पौडेल सम्मानित भए । राखेपले दुवैलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिक टेबलटेनिस प्रमुख प्रशिक्षक राजेन्द्र कपाली र प्राविधिकमा विरोधविक्रम जिसी नगद १५ हजार रुपैयाँसहित सम्मानित भए । 
परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्फ तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवि बस्नेत सम्मानित भए । दुवै नगद १० हजारसहित सम्मान भएका हुन् । करारकै प्राविधिकमा मेडिकलतर्फ का रिल्याक्सोलोजीका कृष्णहरी घिमिरे सम्मानित भए ।

राखेपले यस अवसरमा उत्कृष्ट खेल संघका रूपमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहका रूपमा घोडाघोडी नगरपालिका र उत्कृष्ट प्रायोजकका रूपमा सूर्य नेपाल प्रालीलाई कदर पत्रसहित सम्मान गरिएको थियो । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपले खेलाडी र प्रशिक्षकसहित नेपाली खेलकुद क्षेत्रमा विभिन्न भुमिकाबाट योगदान पुर्याउँदै आएका व्यक्तित्व र संघ संस्थालार्ई सम्मान गरेको जनाएको छ ।

राखेपका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्यहरू एकेन्द्र कुँवर, अन्जना मास्के श्रेष्ठ र विना श्रेष्ठलगायतले सम्मान गरेका थिए । सो अवसरमा राखेपले पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा, केशवकुमार बिष्ट र रमेश सिलवाललाई पनि सम्मान गरेको थियो। 

कार्यक्रममा सिनियर र जुनियरमा समान १÷१ पुरुष÷महिला तथा एक पारा खेलाडीलाई सम्मान भएका हुन् । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी (२ करार कर्मचारीसहित), दुई खेल पत्रकार, १ स्थानीय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत भएका थिए । स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मानि भए । सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदकबाट सम्मानित भए ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन