राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन गण्डकीको टोली प्रस्थान

author

समाचारपाटी

२ years अगाडि

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सहभागिता जनाउन गण्डकी प्रदेशको टोली आज (बिहिबार) काठमाण्डौ प्रस्थान गरेको छ ।

काठमाण्डौ प्रस्थान गर्नु अघि टोलीलाई संघिय सांसद मान बहादुर गुरुङले एक कार्यक्रमका विच विदाई गर्नुभएकाे छ । बैशाख १५ र १६ गते सञ्चालन हुने प्रतियोगितमा विभिन्न ६ खेलका ९४ जना खेलाडीहरुले सहभागिता जनाउँने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । बिदाई कार्यक्रममा प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगिताको टोली नेताको रुपमा सदस्य सचिव घनश्याम पौडेलले नेतृत्व गर्नुभएकाे छ । कार्यालय प्रमुख तोपलाल भुसाल सहित ९ जना प्रशिक्षक र ६ जना टिम म्यानेजर सहभागि छन् ।

प्रतियोगितामा ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा खेलाडी सहभागी गराउन स्थानिय तह, जिल्ला र प्रदेश छनोट प्रतियोगिता आयोजना गरिएको थियो । माध्यमिक तहमा अध्ययनरत १८ वर्षमुनिका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान छ ।

एथलेटिक्सतर्फ छात्ररछात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र÷छात्रामा समान १–१, करातेतर्फ छात्र÷छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्ररछात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल र तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य–सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिने छ । कुल पुरस्कार राशी ८ लाख ८५ हजार रुपैयाँ रहेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ । मार्च पास्टमा शीर्ष तीन स्थान हात पार्नेलाई पनि छुट्टै नगद पुरस्कारबाट पुरस्कृत गरिने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसादले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान