fbpx

राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिबृद्धि तालिम सोमबार सम्पन्न भएको छ । माघ १७ गते देखि सुरु भएको तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रमाण पत्र प्रदान गर्नुभयाे ।

सात दिन सम्म चलेको तालिममा सहभागीहरुलाई प्रशिक्षकहरु हिमाल दाहाल, संजय महर्जन, खेलबिज्ञ रिता प्रजापती, राजेन्द्र तुलाधर र फिजियो लक्ष्मण अधिकारीले विविध बिषयको प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।

न्यु डायमन्डद्वारा साविक विजेता एपिएफ पराजित
लिगको अन्तिम खेलमा होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७९मा साविक विजेता एपिएफलाई पराजित गरेको छ । दुवै टोली फाईनल प्रवेश गरिसकेको अवस्थामा औपचारिकताका लागि मात्र खेलिएको प्रतियोगितामा न्यु डायमन्डले जित निकालेको हो ।

यस जित संगै न्यु डायमन्डले लिगका तीन वटै खेल जित्दै ९ अंक बनाउन सफल भयो । पहिलो र दोश्रो सेट २५–२१, २५–१९ ले जितेको डायमन्ड तेश्रो सेटमा २१–२५ ले एपिएफलाई सुम्पेपछि खेल २–१ को अवस्थामा पुग्यो । डायमन्डले चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै ३–१ का साथ जित निकाल्यो । डायमन्डकी सलिना बुढामगर प्लेयर अफ दी म्याच घोषित हुनुभयाे । उहाँले नगद १० हजार सहित ट्रफी प्राप्त गर्नुभयाे ।

शेरबहादुर स्मृती प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा पुलिस र आर्मीविच भएको खेलमा पुलिसले जित निकाल्यो । पुलिसले निकैनै प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई २४–२६, २६–२४, २६–२४, २५–२० ले पराजित गर्यो । दुवै टोली फाईनल प्रतिस्पर्धाबाट बाहिरी सकेको अवस्थामा यो खेला औपचारीक मात्र रह्यो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ दी म्याच घोषित हुँदै नगद १० हजार सहित ट्रफी प्राप्त गर्नुभयाे ।

प्रतियोगिताको चौथो दिन भोली मंगलबार साविक विजेता एपिएफ र होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबविच उपाधीका लागि भिडन्त हुनेछ भने तेश्रो र चौथो स्थानका लागि पुलिस र आर्मीको प्रतिस्पर्धा हुनेछ ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन