fbpx

चितवनको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव पुस १२ गते देखि

author

समाचारपाटी

३ हप्ता अगाडि

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकोत्सवको अवसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । यहि पुस १२ गते देखि १६ गते सम्म पश्चिम चितवनको मेघौलीमा खाना महोत्सव गर्न लागिएको हो । मेघौलीको जानकी माध्यामिक बिद्यालय मेघौलीमा आयोजना गर्न लागिएको संयोजक मायाराम चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने छन् । उहाँका अनुसार रु ६१ लाखको अनुमानित खर्च लाग्ने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएकाे हाे । चौधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर, गुरुङ, वोटे, मुसहर समुदाय सहितका स्थानिय जातका खाना महोत्सवमा राखिने छ । स्थानिय समुदायको जीवन स्तरमामा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताउनुभयो । महोत्सवमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएकाे छ ।

पत्रकार सम्मेलनमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्य भन्दा वढि पर्यटक महानगरमा भित्रिएको बताउनु भयो । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलोकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकिय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेको उहाँले बताउनुभयाे ।

दिगो पर्यटन विकासका पूर्वाधारहरु थपिएको, होटल रेष्टुरेन्टमा सेवा बृद्वि भएको, पर्यटकको संख्या, बसनई अबधि एवं आर्थिक कृयाकलापहरुमा बृद्वि भएको उहाँले बताउनुभयो । महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनौतिहरु देखिए पनि अपेक्षा अनुसार काम भएको बताउनु भयो । राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलोपटक आयोजना गरिएको हुँदा सिको गर्ने ठाउँ नहुनु, भौतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्यको रुपमा रहेको बताउनु भयो ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको बिकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षको आयोजना गरिएको र सो उद्वेश्य प्राप्तिमा सफल भईएको बताउनुभयो । स्थानिय जनतामा यो महोत्सवले थप उर्जा मिल्ने उहाँले बताउनुभयो । यस महोत्सब स्थानिय खाना संगै ७७ जिल्लाको प्रतिनिधत्व गर्दै ७७ मिटर लम्वाईको नेपालको नक्सा विशेष आकर्षकको रुपमा रहने उहाँले बताउनुभयो ।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू