fbpx

मुलुकको आर्थिक—सामाजिक वातावरणलाई नयाँ गति दिनेगरी १६ औं योजना तर्जुमा गर्दैछौँः राष्ट्रिय योजना आयोग

author

समाचारपाटी

१0 महिना अगाडि

राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक, सामाजिक रुपमा नयाँ ड्राइभ (गति) दिने र बनाएका योजना कार्यान्वय हुनेगरी १६ औं योजना तर्जुमाको तयारी गरेको बताएको छ । 

बिहीवार पत्रकार सम्मेलन गर्दै आयोगले १६ औं योजना तर्जुमा मुलुकको वर्तमान अवस्थालाई नयाँ ड्राइभ दिनेगरी योजना छनोट र कार्यन्वयन लक्ष्य गरी तीन विषयलाई प्राथमिकतामा राखेर योजना बनाउन लागेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६ औं योजनामा आयोगले मुलुकलाई नयाँ ड्राइभ दिने, वर्तमान आवश्यक योजना छनोट र कायान्यनको लक्ष्य गरी तीन कुरालाई प्राथमिकतामा राखेको योजना तर्जुमा गर्न लागिएको बताउनु भयो । उहाँले १६ औं योजनामार्फत मुलुकलाई नयाँ ड्राइभ दिनु आवश्यक रहेकाले मुलुकको सम्भवना र आवश्यकताका आधारमा आर्थिक,सामाजिक र वातावरणीय क्षेत्रमा नयाँ ड्राइभ दिने लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्र र योजना आयोगले लिएको कुल गार्हस्थ्य उत्पादन वृद्धिको लक्ष्यमा फरक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले सरकारले आफ्ना मागहरु पूरा गरिदियो भने सय खर्ब पुग्ने लक्ष्य  महत्वकांक्षा लिएको तर योजना आयोगले  व्यवहारिकतालाई हेरेर  लक्ष्य हासिल गर्नेगरी ८० खर्बको प्रारम्भिक लक्ष्य राखेको दाबी गर्नुभयो । उहाँले १६ औं योजनामा मुख्य के—के गर्ने भन्ने तर्जुमा गर्न बाँकी रहेको बताउनु भयो । उहाँले पाँच वर्षमा जलविद्युतमा हुने लगानीबाट उत्पादन हुने विद्युत, कृषि ,भौतिक पूर्वाधारमा भएका लगानीले अर्थतन्त्र ल्याउने वृद्धिलाई आँकलन गरेर ८० खर्बको प्रभारम्भिक लक्ष्य दिएको बताउनु भयो । उहाँले १६ औं योजना १४ र १५ औं योजनासँग तुलना योग्य नभएको बताउनु भयो । उहाँले १४ औं योजना त्रिवर्षिय योजना भएकाले १४ औं योजनाले राखेको लक्ष्य पूरा गरेको बताउनु भयो । जुन ७.३ प्रतिशत लक्ष्य राखिएकोमा ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘१६ औं योजनामा आयोगले तीन कुरालाई प्राथमिकतामा राखेको छ । पहिलो मुलुकलाई नयाँ ड्राइभ दिनु आवश्यक छ । मुलुकको सम्भवना र आवश्यकता जे छ त्यो कारणले आर्थिक सामाजिक र वातावरणिय क्षेत्रमा नयाँ ड्राइभ दिनुछ । नयाँ ड्राइभ दिन बनाएका योजना कार्यान्वयन हुने खालका बनाउनुछ । त्यो उद्देश्य पूरा गर्न कान्वयन गर्नको लागि योजनाहरु तर्जुमा पर्नुछ । विस्तृत रुपमा लेखेर के गर्दा पूरा हुन्छ भनेर लागेका छौं । निजी क्षेत्र र योजना आयोगले कुल गार्हस्थ्य उत्पादनमा लिएको लक्ष्यमा फरक छ । योजना आयोगले ५ वर्षको लागि बनाएको छ भने निजी क्षेत्रले बनाएको त्यो भन्दा बढी छ । निजी क्षेत्रले सरकारले आफ्ना मागहरु पूरा गरिदियो भने १०० खर्ब पुग्ने लक्ष्य  महत्वकांक्षा लिएको छ । तर योजना आयोग अब व्यवहारिक हुनुपर्छ भनेर लक्ष्य हासिल गर्नेगरी ८० खर्बको प्रारम्भिक लक्ष्य राखेका छौं । १६ औं योजनामा मुख्य के—के गर्ने भन्ने पूरा भइसकेको छैन । पाँच वर्षमा जलविद्युतमा कति लगानी भएर कति विद्युत उत्पादन हुन्छ । त्यो विषयमा उर्जा मन्त्रालयले १२ वर्षे रणनीति बनाएको छ । कृषि ,भौतिक पूर्वाधारमा भएका लगानीले मुलुकको अर्थतन्त्र वृद्धिमा सहयोग गर्छ भनि आँकलन गरेर ८० खर्बको प्रभारम्भिक लक्ष्य छ । त्यसलाई परिवर्तन गर्नसक्ने सम्भावना छ । १६ औं योजना १४ र १५ औं योजनासँग तुलना योग्य छैन । २०१३ देखि योजनावद्ध विकास योजनाहरु शुरु गरौं । शुरुका योजनाहरुले जति लक्ष्य राखे लक्ष्य हासिल नभएपछि तेस्रो योजनामा लक्ष्य नै राख्न छाडियो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार लक्ष्य राख्नु र्छ भनेर लक्ष्य राख्न शुरु गरियो । लक्ष्य भन्दा कम पूरा हुने अवस्था थियो । तर १४ औं योजना बनाउँदा मेहेनत गरिएको थियो । जुन त्रिवर्षिय योजना थियो जसले राखेको लक्ष्य पूरा गरेको थियो । आर्थिक वृद्धि ७.३ प्रतिशत लक्ष्य राखिएकोमा ७.५ प्रतिशत हासिल भएको थियो ।’

उपाध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१÷०८२ को बजेट तयारी कार्यको कार्य अघि बढाउन सम्बन्धित मन्त्रालय र निकायहरुमा पत्राचार गरेको बताउनु भयो । उहाँले गत मंसिर २८ गते नै यस सम्बन्धमा पत्राचार गरिसकेको आयोगले बजेट तयारी कार्यमा विभिन्न विषयलाई उच्च प्राथमिकतामा राख्न भनि सकिएको बताउनु भयो । उहाँले राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट भई आवश्यक मापदण्ड पूरा गरेका आयोजना तथा कार्यक्रममा मात्र बजेट विनियोजन गर्नेगरी बजेट बनाउन आग्रह गरिएको बताउनु भयो । उहाँले बजेट तयारीमा पर्याप्त गृहकार्य गरेर हरेक कार्यक्रमको लजिकसहित कार्यक्रम प्रश्ताव गर्ने, मापदण्ड पूरा नगरेका आयोजनालाई बजेटमा समावेश नगर्ने गरी व्यवस्था मिलाउन पनि पत्राचार भएको बताउनु भयो । उहाँले राष्ट्रिय योजना आयोगले बजेट तर्जुमादेखि संसदमा बजेट भाषण गर्नेसम्मका कार्य तालिकालाई प्रणालीगत सुधार गर्न कार्यविधि बनाएको पनि बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले  १६ औँ योजनामा माघमा सकाउने योजना आयोगको योजना रहेको बताउनु भयो ।

उहाँले प्रदेश र स्थानीय तहले आफ्नो तरिकाले बजेट बनाउने तर संघीय बजेट धेरै चरणमा छलफल हुने बताउनु भयो। उहाँले प्रदेश र स्थानीय तहले पठाएका योजनामा अन्तिममा सम्बन्धित मन्त्रालयसँग बसेर छलफल गरेर टुंग्याउने बताउनु भयो । राष्ट्रिय योजना आयोगले बजेट तर्जुमादेखि संसदमा बजेट भाषण गर्ने सम्मका कार्य तालिकालाई प्रणालीगत सुधार गर्न कार्यविधि बनाएको जनाएको छ । आयोगले बजेट क्यालेण्डर परिमार्जनसम्बन्धी उक्त कार्यविधि मन्त्रिपरिषद्मा पुगेको पत्रकार सम्मेलनमा बताएको हो । 


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने