fbpx

एन प्याव्सन कास्कीको २६ औं स्थापना दिवस, ३३ विद्यालयका १ सय ४५ जना शिक्षक, कर्मचारी सम्मानित

author

समाचारपाटी

५ दिन अगाडि

पोखरा । नेशनल प्याव्सन कास्कीले २६ औं स्थापन दिवस विविध कार्यक्रको आयोजना गरि मनाएको छ । स्थापना दिवसको अवसर पारेर एन प्याव्सन कास्कीमा आवद्ध मध्ये ३३ विद्यालयका १ सय ४५ जना शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ । एन प्याव्सन कास्कीका आवद्ध विद्यालयमा १५ वर्ष सम्म निरन्तर काम गरेका शिक्षक, कर्मचारीलाई दीर्घ सेवा पदक बाट सम्मान गरिएको हो।

कार्यक्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भूतपूर्व खेलाडी मञ्च कास्कीका संस्थापक अध्यक्ष तथा पूर्व खेलाडी खड्गबहादुर रानाभाटलाई सम्मान गरिएको थियो । रानाभाटलाई नेशनल प्याव्सन कास्की खेलकुद सेवा सम्मान २०८१ बाट नगद २५ हजार सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एन प्याव्सन कास्कीका पूर्व परीक्षा संयोजक सञ्जय पौडेललाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । स्थापना दिवसकै अवसर पारेर २०६१÷०६२ सालमा स्थापना भएका एन प्याव्सनमा आवद्ध विद्यालयलाई विद्यालय सम्मानबाट सम्मान गरिएको थियो । यसरी सम्मानित हुने विद्यालयहरुमा गण्डकी एकेडेमी कास्की, ओयसिस सेकेण्डरी स्कुल, बड्स एकेडेमी, बागमारा एकेडेमी र न्यू लेखनाथ पब्लिक एकेडेमी रहेका छन् । यसैगरी २०८० सालको एस.ई.ई. मा सत प्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयहरुलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुने विद्यालयहरुमा अल्फा एकेडेमी, बाल प्रतिभा वोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेण्डरी स्कुल, होली माउण्ट इङ्लिस स्कुल, कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ मोमोरियल इङ्लिस वोर्डिङ स्कुल, मर्निङ्ग ग्लोरी एकेडेमिक स्कुल, पुष्पसदन एकेडेमी कास्की, पायोनियर इङ्लिस एकेडेमी रहेका छन् ।

यसैगरी २०८० सालको एस.एल.सी परीक्षामा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याइ उत्र्तीण हुने छात्र तर्फ न्यू ग्यालेक्सी माविका अभिनित प्रधान र छात्रा तर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकी आकृती पन्तलाई सम्मान गरिएको थियो ।

त्यस्तै २०८० सालको एस.ई.ई. परीक्षमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याइ उत्र्तीण हुने छात्र तर्फ कास्की मोडर्नाइज्ड एकेडेमीका गौरव सापकोटा तथा छात्रा तर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकी अलिसा श्रेष्ठ र बड्स एकेडेमीकी विमला पौडेलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद १० हजार सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो । स्थापना दिवसकै अवसरमा प्रकाश गरिएको स्मारिकाको विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले संस्थागत विद्यालयका समस्या समाधान गर्नका लागि महानगर सधै सहकार्य गर्न तयार रहेको बताउनुभयाे ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दराज पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्का, सम्मानित व्यत्तित्व भूतपूव खेलाडी मञ्च कास्कीका अध्यक्ष खड्गबहादुर रानाभाट, नेशनल प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोख्रेल, सम्मानितको तर्फबाट लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलका कक्षा ११, १२ का संयोजक विष्णुहरि पौडेलले बोलेका थिए ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । नेशनल प्याव्सन कास्कीमा ४९ विद्यालय आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन