fbpx

आजबाट चरा गणना सुरु हुँदै

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । चरा गणना शनिबारबाट सुरु हुँदैछ। नेपालमा ३६ वर्षदेखि चरा गन्ने काम भइरहेको छ। पानीमा बस्ने चराको गणना (एसियन वाटरवर्ड काउन्ट) शनिबारबाट सुरु भएर माघ ८ गते सम्पन्न गर्ने बताइएको छ। माघ १९ मा नतिजा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा चरा गणना कार्य अघि बढेको हो। कोसी, बागमती, मनोहरा, राप्ती, नारायणी, खगेरी, ढुङरे, तेलार, दानो, तिनाउ, विजयपुर, कर्णाली, महाकाली, पश्चिम राप्तीलगायतका १५ वटा नदी प्रणालीको २७ स्थानमा यो गणना हुनेछ। त्यहाँका सिमसार क्षेत्रमा हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारबाट यस्तो गणना हुँदै आएको छ।

बसाइँसराइ गर्ने चराको प्रजनन नहुने समयमा गणना तथा अनुगमन गरी संख्या पत्ता लगाउने काम उक्त गणनाले गर्नेछ। यस्ता कार्यले सिमसार क्षेत्रको अवस्थाको बारेमा थाहा हुने र त्यस्ता क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी गराउनेलगायत रहेको विभागले जनाएको छ।

विभागका प्रमुख महेश्वर ढकालका अनुसार विश्वमा पाइने ९ प्रतिशत चरा नेपालमा पाइन्छ। नेपालमा कम्तीमा आठदेखि नौ सय प्रजातिका चराहरू पाइन्छन्। पछिल्लो समय चराका बासस्थान मासिँदा, सिमसार क्षेत्र सुक्दा, वन विनाश र डँढेलो तथा जैविक विविधता मासिँदा चरामा असर परेको छ। परागसेचनका लागि चराको भूमिका महत्वपूर्ण रहन्छ।

प्रमुख ढकाल भन्नुहुन्छ, ‘आगामी दिनमा नेपालका ७ सय ५३ वटै पालिकाहरूमा पाइने चराको जानकारी राख्न तथा विशेष चरालाई उनीहरूले नै प्रवद्र्धन गर्न सके चराको संरक्षण हुने देखिन्छ।’ चराप्रतिको आकर्षण युवाहरूमा जगाउन आवश्यक रहेको उहाँले बताउनुभयाे।

चराविद् डा हेमसागर बरालका अनुसार यो गणनाले सिमसार क्षेत्रको अवस्था कस्तो छ रु भन्ने विषयमा जानकारी मिल्नेछ। जलवायु परिवर्तनलगायत विभिन्न समस्याले चराहरूको संख्या घट्दो, बासस्थान छोड्ने, सधैं देखिँदै आएको चराको उपस्थिति नदेखिनेलगायतका समस्या बढेको उहाँले बताउनुभयाे। ‘सिमसार क्षेत्रमा बस्ने चराहरूलाई पानी अनिवार्य चाहिन्छ। उनीहरूको उपस्थितिले महत्त्व राख्छ’ बरालले भन्नुभयाे ‘थोरै मात्रै अवरोध आएमा त्यस्ता स्थान छोड्छन्। सिमसार सुक्दा कतिपय प्रजातिका चराहरू देखिनै छाडिसके।’ त्यसैले पनि यस्ता गणना अर्थपूर्ण रहेको उहाँले बताउनुभयाे।


काठमाडौं

शुक्रबार, फाल्गुन २, २०८१

१४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि