fbpx

राष्ट्रिय स्तरको स्वास्थ्य पुनःस्थापना केन्द्र नहुँदा उपचारमा समस्या

author

समाचारपाटी

९ महिना अगाडि

राष्ट्रिय स्तरको स्वास्थ्य पुनःस्थापना केन्द्र नहुँदा दुर्घटनामा अंगभंग भएका बिरामीको उपचारमा समस्या देखिएको छ । 
मुख्य गरी दुर्घटनामा परेर अंगभंग भएकाहरुको उपचारसँगै शारीरिक व्यायाम अभ्यास गराएर गराइने उपचारमा समस्या देखिएको हो । सरकारको आफ्नो पुनःस्थापना केन्द्र नभएकोले बिरामीले निजी पुनस्थापना केन्द्रमा महँगोमा उपचार गराउन बाध्य बनिरहेका छन् । स्पाइन इन्जुरी, हेड इन्जुरीहरु, क्यान्सर, हड्डीको बिरामीहरुले अस्पतालको उपचारपछि पनि तोकिएको व्यायाम र थेरापी गर्नुपर्ने हुन्छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्रि रिजालले यस्तो उपचार चिकित्सकको निगरानीमा वा सल्लाहमा पुनःस्थापना केन्द्रमा राखेर उपचार गराउँदा बिरामी छिटो निको हुने बताउनु भयो । उहाँले हालसम्म नेपालमा सरकारी स्तरमा पुनःस्थापना केन्द्र नरहेको जानकारी दिनुभयो । पुनःस्थापना केन्द्र नहुँदा बिरामीहरु निजी स्वास्थ्य संस्थामा महंगो रकम तिरेर उपचार गराउन बाध्य रहेको बताउनु भयो । दुर्घटनामा परेर उपचारमा आएका बिरामीले सहज जीवनयापनमा फर्कन पुनःस्थापना केन्द्रमा रहेर नै उपचार गराउनुपर्ने भएकोले सरकारले छिटो भन्दा छिटो पुनःस्थापन केन्द्र निर्माण गर्नुपर्ने डा. रिजालले बताउनु भयो ।  

दुर्घटना पछिको आकस्मिक उपचार पछिका बिरामीले पूर्ववत अवस्थामा फर्कन वा जीवनशैलीलाई सहज बनाउन विभिन्न प्रकारको व्यायाम र थेरापी गर्नुपर्ने हुन्छ । यो लामो समय लाग्ने उपचारको प्रक्रिया हो । अहिलेसम्म सरकारको आफ्नो छुट्टै पुनःस्थापना केन्द्र छैन । ललितपुरको गोदावरी नगरपालिकाले पुनःस्थापना केन्द्र निर्माणमा चासो देखाएको छ । नगरपालिकाको वडा नं. १० र ६ को सीमामा पर्ने झ्यालुन्टार सामुदायिक वन र फैडोल सामुदायिक वन क्षेत्र भित्र पुनःस्थापना केन्द्र निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।  गोदावरी नगरपालिकाले नगरपालिकाले पुषमा एक निर्णय गर्दै वडा नं. १० र ६ को सीमामा पर्ने झ्यालुन्टार सामुदायिक वन र फैडोल सामुदायिक वन क्षेत्रभित्र बन्द भएको पुरानो ढुङ्गा खानी क्षेत्रको करिव सय रोपनी जग्गा पुनःस्थापना केन्द्र निर्माणकोलागि उपलब्ध गराउने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्रि रिजालले निर्माणको लागि थप प्रक्रिया अघि बढाउनका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आग्रह पत्र पठाएको पनि बताउनु भयो । सरकारले प्राथमिकतामा राखेर छिटो निर्णय गर्नुपर्ने डा. रिजालले बताउनु भयो । 

नेपालमा दुर्घटनाको अवस्था कहाली लाग्दो छ । सबैभन्दा धेरै सडक दुर्घटना छ । दुर्घटना पछिको मृत्यु हुने दर सबैभन्दा धेरै छ । धेरै सडक दुर्घटना हुने भएकोले अन्य दुर्घटनाको अभिलेख व्यवस्थित रहेको पाइँदैन । कृषि क्षेत्र, औद्योगिक क्षेत्र, निर्माण क्षेत्रमा हुने दुर्घटनाका तथ्यांकमा आधारित समाचारमा खासै आउँदैनन् । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ०७९÷०८० मा सवारी दुर्घटनामा परेका एक लाख एक हजार ९४७ घाइते अस्पताल पुगेका छन् । विभागको तथ्यांकअनुसार ९४ हजार ६ सय ६५ घाइते अस्पतालका ओपिडी र गम्भीर घाइते भएका सात हजार दुई सय ८२ इमर्जेन्सीमा पुगेका छन् । ०७९÷०८० मा दुई हजार आठ सय ८३ जनाले दुर्घटनामा ज्यान गुमाएको तथ्यांक छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, मंसिर २६, २०८१

९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक