आरुषी र गृष्मा मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको फाइनलमा

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । आरुषी तुलाचन र गृष्मा गुरुङ्ग पोखरामा जारी चौंथो मनुश्री भिग्नाजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गतर यु–१६ गल्र्स सिंगलको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको सेमिफाइनलमा आरुषीले सरिशा शेरचनलाई ६–४, ३–६ र ६–३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाइन् । अर्को सेमिफाइनलमा गृष्माले आइसा मेक्लागनलाई ६–३, ६–३ ले पराजित गर्दै फाइनलमा आरुषीसंगको भेट पक्का गरिन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु–१६ ब्वाइज सिंगलतर्फ दर्शिल श्रेष्ठले सूर्यान्स श्रेष्ठलाई ६–२, ६–० ले, आसब सम्राट हाडाले सन्दिप विकलाई ६–२, ६–४ ले तथा सञ्जय रोकायाले प्रफुल्ल श्रेष्ठलाई ६–३, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन् ।

यु–१४ ब्वाइज सिंगलमा आसब सम्राट हाडाले सुरेन्द्र विकलाई ६–०, ६–१ ले तथा सञ्जय रोकायाले अभिषेक विकलाई ६–०, ६–० ले पराजित गर्दै सेमिफाइनलमा पुगे । यु–१२ ब्वाइज तर्फको क्वाटरफाइलन खेलमा आर्यस राज पौडेलले अभिषेक बयलकोटीलाई ६–०, ६–० ले, बिदान्त चालिसेले नितेस थापालाई ६–०, ६–० ले, आरित मल्लले अनमोल नेपालीलाई ६–१, ६–० ले तथा ओम्युग थापाले सहान्स बस्न्यातलाई ७–५, ६–७ र ६–० को कठिन सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे ।

सोही उमेर समुहको गल्सतर्फ सारा पन्तले कुशुम श्रेष्ठलाई ६–०, ६–० ले, थैया श्रेष्ठले ताभिसी ग्लोभान्नीलाई ६–२, ६–२ ले, इरा खत्रीले नाइरा घलेलाई तथा स्वारा थापाले आर्या पौडेललाई ६–२, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे । यु–१० ब्वाइज सिंगलमा कायन चालिसेले मार्कब पोखरेललाई ६–४, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित पारे । यु–९ ब्वाइज सिंगलफर्त जिवास भट्टराईले सोनम टी घलेलाई ५–४, ४–१ ले पराजित गर्दै सेमिफाइल प्रवेश गर्न सफल भए । दोश्रो दिनका बाँकि खेलहरु वर्षातका कारण स्थगित हुन पुगेको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’