इटालीको मुद्रास्फीति १६ महिना यताकै उच्च

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय तथ्याङ्क संस्थानले जारी गरेको अन्तिम तथ्याङ्कअनुसार इटालीको वार्षिक मुद्रास्फीति दर फेब्रुअरीमा १.६ प्रतिशतले बढेर अक्टोबर २०२३ पछिको उच्चतम स्तरमा पुगेको छ । यद्यपि यो तथ्याङ्क फेब्रुअरीको अन्त्यमा जारी गरिएको १.७ प्रतिशतको प्रारम्भिक अनुमानभन्दा थोरै कम थियो । यसले जनवरीको १.५ प्रतिशत मुद्रास्फीति दरबाट वृद्धि भएको देखाएको छ । जसले उपभोक्ता मूल्यमा निरन्तर वृद्धिको प्रवृत्तिलाई प्रतिविम्वित गर्दछ । इटालीले गत वर्ष तुलनात्मक रूपमा मध्यम मुद्रास्फीति अनुभव गरेको छ । २०२४ को पहिलो दस महिनामध्ये सात महिनाको लागि मूल्य वृद्धि १ प्रतिशतभन्दा कम रह्यो । 
फेब्रुअरीको मूल्य वृद्धिको मुख्य कारण ऊर्जा लागतमा वृद्धि र खाद्यान्नको मूल्यमा वृद्धिलाई श्रेय दिएको छ । नियमित ऊर्जा मूल्यहरू वर्ष–दर–वर्ष ३१.४ प्रतिशतले बढेको छ । जुन जनवरीमा २७.५ प्रतिशतले वृद्धि भएको थियो । यसैबीच प्रशोधित र अप्रशोधित खाद्य वस्तुहरूको मूल्य पनि बढेको छ । जुन अघिल्लो महिनामा १.७ प्रतिशत र २.२ प्रतिशतको तुलनामा क्रमशः १.९ प्रतिशत र २.९ प्रतिशतले बढेको छ । हालैका वृद्धिहरूको बावजुद, इटालीको मुद्रास्फीति दर २७ सदस्यीय युरोपेली संघ र २० राष्ट्रहरूको युरोजोन दुवैको औसतभन्दा कम रहेको छ ।  
सिन्ह्वा


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन