महावीर पुन ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन ४ बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने हुनुभएकाे छ। भोलि बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म  जुलुस निकाल्ने र त्यसपछि धर्ना सुरू गर्ने उहाँले बताउनुभएकाे छ। धर्नामा साथ दिन आमसर्वसाधारणसँग आग्रह गर्नुभएकाे छ।

बिहीबार सामाजिक सञ्जालमा एउटा भीडीयो पोस्ट गर्दै पुनले माग पूरा नभएसम्म  माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट सरकारलाई घुँडा टेकाउनेगरी आन्दोलन गर्न आह्वान गर्नुभएकाे छ।

 'बैशाख १५ गते शुक्रबारदेखि माग पूरा नहुँदासम्म माइतीघर मण्डला र बबरमहल क्षेत्र बाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्दछु ,'उहाँले भन्नुभयाे।

उहाँले अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहयो गर्न हरेक वर्ष  संघ र प्रदेश सरकारले आपंनो विकास बजेटको १ प्रतिशत रकम छुटयाउनु पर्ने र त्यो रकम नवप्रवर्तक र आविष्‍कार कोषमा राख्नुपर्ने माग गर्नुभएकाे छ।

अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत "व्यावहारिक अनुसन्धान र नवपवर्तन विभाग खोल्न समेत माग गर्नुभएकाे छ।

पुनले अघि सारेको ४ बुँदे माग

१.अनुसन्धान, नवपवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस् र "अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष" मा राखियोस् । सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरु लाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गरियोस । सो कोषमा जम्मा भएको रकम सोहि वर्ष खर्च नभएमा आगामी वर्षहरूमा पनि खर्च गर्न पाउने व्यवस्था गरियोस्। 

२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्बजनिक खरिद ऐन भन्दा छुट्टै "अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन" बनाइयोस् र आवश्यकता अनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइयोस् ।

३. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजहरूलाई उत्पादन गरी नब-उद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस् र स्वदेशी उत्पादनलाइ बजारिकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइयोस् । सो कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउनको लागि "नव उद्यमी प्रवर्धन समिति" बनाइयोस् र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्‍था गरियोस् ।

४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नको लागि विज्ञान मन्त्रालयअन्तर्गत "व्यावहारिक अनुसन्धान र नवपवर्तन विभाग" खोलियोस् । सो विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भइसकेका प्रतिभालाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नुपर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइयोस ।

annapurnapost


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन