fbpx

राष्ट्रिय स्वतन्त्र पार्टी देशभरका १२ स्थानमा अग्रता कायम

author

समाचारपाटी

२ years अगाडि

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका १२ स्थानमा अग्रता कायम राखेको छ । सुनसरी-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार गोमा तामाङले ९७३ मतसहित अग्रता लिनुभएकाे छ ।

सुनसरी -२ मै नेपाली कांग्रेसका सीताराम महतोलाई १८९ मतले पछि पार्दै रास्वपाका उम्मेदवार लालविक्रम थापाले ८४९ मतसहित अग्रता लिनुभएकाे छ । सुनसरी -३ मा एमाले उम्मेदवार भगवती चौधरीलाई ९५ मतले पछि पार्दै रास्वपाका कमलबाबु मैनाली ८२९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

काठमाडौं-२ मा एमालेका मणिराम फुयाललाई १ हजार ५३३ मतले पछि पार्दै रास्वपाकी सोविता गौतम ५ हजार ३३४ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । काठमाण्डौं-६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधानलाई करिब २ हजार मतले पछि पार्दै रास्वपाका शिशिर खनाल ४ हजार ८८ मतसहित पहिलो स्थानमा हुनुहुन्छ ।

काठमाण्डौं-७ मा एमालेका श्यामकुमार घिमिरेलाई ५१ मतले पछि पार्दै रास्वपाका गणेश पराजुली ३ हजार २१२ मतसहित पहिलो स्थानमा हुनुहुन्छ छ । काठमाण्डौं-८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई १ हजार ४९६ मतले पछि पार्दै रास्वपाका विराजभक्त श्रेष्ठ ६ हजार १९ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

ललितपुर-३ मा एमालेका अमृत खड्कालाई १ हजार ५५९ मतले पछि पार्दै रास्वपाकी तोसिमा कार्की ६ हजार २६९ मतसहित अग्रस्थानमा हुनुहुन्छ । चितवन-१ मा नेपाली कांग्रेसका विश्व पौडेललाई करिब ९ सय मतले पछि पार्दै रास्वपाका हरि ढकाल ३ हजार ९७० मतसहित पहिलो स्थानमा हुनुहुन्छ ।

झापा-४ मा एमालेका लालप्रसाद सावाँ लिम्बूलाई २५२ मतले पछि पार्दै रास्वपाका शम्भुप्रसाद ढकाल ५ हजार ९६८ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । यस्तै रुपन्देही-२ मा एमालेका विष्णु पौडेलाई ४२८ मतले पछि पार्दै रास्वपाका गणेश पौडेल ३ हजार ३१९ मतसहित अग्रता लिनुभएकाे छ ।

कास्की-२ मा एमाले उम्मेदवार विद्या भट्टराईलाई १७४ मतले पछि पार्दै रास्वपाका माधवप्रसाद कँडेल २ हजार ४३१ मतसहित पहिलो स्थानमा हुनुहुन्छ ।

प्रतिनिधिसभाका १२ सिटमा अग्रता लिइरहेको रास्वपा समानुपातिक प्रणालीतर्फका मतमा पनि निकै अगाडि छ । निर्वाचन आयोगको विवरणअनुसार समानुपातिक मतमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ ।

पहिलो स्थानमा एमाले, दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा रास्वपा छ । समानुपातिकतर्फको हालसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ हजार ६७९ मत पाएको छ ।

source:-onlinekhabar


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन