fbpx

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तत्काल सरकार नछाड्ने भएको छ। सरकारमा रहने कि नरहने विषयमा दुई दिनपछि मात्रै निर्णय गर्ने निष्कर्षमा उक्त पार्टी पुगेको हो। यही विषयमा छलफल गर्न बिहीबार साँझ रास्वपाको बैठक बसेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोनमार्फत दुई दिन पर्खिन भनेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले बताउनुभयाे। त्यसपछि दुई दिन पर्खिन तयार भएको उहाँको भनाइ थियो।

‘प्रधानमन्त्री र एमाले अध्यक्षले हाम्रो सभापतिलाई टेलिफोन गरेर दुई दिन पर्खिन भन्नुभएको छ’, बैठकपछि सञ्चारकर्मीसँग ढकालले भन्नुभयाे, ‘यसबीच सत्ता साझेदार दलहरूले उच्चस्तरीय राजनीतिक संयन्त्रबाट समस्या समाधान गर्ने भन्नुभएको छ।’

प्रधानमन्त्री र एमाले अध्यक्षले दुई दिन पर्खिन भन्नुभएको छ। यसबीच सत्ता साझेदार दलहरूले उच्चस्तरीय राजनीतिक संयन्त्रबाट समस्या समाधान गर्ने भन्नुभएको छ। डा. मुकुल ढकाल प्रवक्ता, रास्वपा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर यो विषयमा छलफल चलाइने उहाँले बताउनुभयाे। रास्वपाले यसअघि गृह मन्त्रालय पाउनुपर्ने अडान राख्दै आफूलाई उक्त मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो। उक्त पार्टीका सभापति रवि लामिछाने सुरुमा उपप्रधान एवं गृहमन्त्री बन्नुभएकाे थियाे। तर, नागरिकता प्रकरणमा उनले सांसदसहित मन्त्री पद गुमाएका थिए।

प्रधानमन्त्री दाहालले बिहीबार रास्वपाले समर्थन फिर्ता नलिने बताउनुभएकाे थियाे। पेरिसडाँडामा बसेको माओवादी बैठकबाट बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीसँग भन्नुभयाे, ‘केही हुँदैन। फिर्ता पनि लिनु हुन्न मैले बुझेसम्म।’

माओवादी बैठकले रवि लामिछानेको मुद्दाको टुंगो नलागेकाले उहाँको पार्टीले धैर्य गर्नुपर्ने निष्कर्ष निकालेको छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ। किनभने उहाँको (रवि)को मुद्दा अझै बाँकी छ। टुंगो लागेको छैन’, प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयाे।

उहाँले सत्ता साझेदार दलमा कुनै समस्या नरहेको दाबी गर्नुभयाे। गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्ति निजी भएको टिप्पणी उहाँले गर्नुभयाे। यसले गठबन्धनमा कुनै समस्या नल्याउने उहाँको दाबी छ।

annapurnapost


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर